MENU

विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड नाइन्टिन संक्रमितको संख्या ४० लाख नाघेको छ ।

शनिबार विहानसम्मको तत्थ्याङ्क अनुसार २ सय १२ देशमा फैलिएको कोभिड नाइन्टिनबाट विश्वका ४० लाख ६ हजार ६ सय भन्दा बढी संक्रमित भइसकेका छन् ।

यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७५ हजार भन्दाबढी छ । शनिबार विहानसम्म विश्वभर २ लाख ७५ हजार ७ सय मानिसले ज्यान गुमाएका छन् ।

यो भाइरसका कारण हालसम्म सबैभन्दा धेरै अमेरिकामा ७८ हजार ५ सयभन्दा बढीको ज्यान गएको छ भने भूगोलका हिसावले सबैभन्दा धेरै युरोप प्रभावित छ ।

हालसम्म युरोपेली मुलुक बेलायतमा सबैभन्दा धेरै ३१ हजार २ सय ४१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म इटलीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९ र फ्रान्समा २६ हजार २ सय ३० जनाको ज्यान गएको वर्डोमिटरले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।