MENU

विश्व चर्चित खेलाडी लियोनल मेसीले पुरा गरे ७ सय गोल

Photo:depositphotos.com

विश्व चर्चित खेलाडी लियोनल मेसीले आफ्नो जिवनमा ७ सय गोलको कोसेढुङ्गा पार गरेका छन् ।

एथ्लेटिको म्याड्रिड संगको खेलमा पेनाल्टी मार्फत गोलगर्दै उनले आफ्नो जीवनमा ७ सय गोल पुरा गरेका हुन् ।

हालसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडिको रेर्कड भने चेकअष्ट्रियन खेलाडि जोसेफ विकानको नामा छ उनले ८ सय ५ गोल गरेका छन् । दोस्रो र तेस्रो स्थानमा ब्राजिलियन स्टारहरुको पकड छ ।

दोस्रो स्थानका रामेरियोको नाममा ७ सय ७२, तेस्रो सथानका पेलेको नाममा ७ सय ६७ गोलको रेकर्ड छ ।

हंगेरियन खेलाडि फेरेन्स पुस्कस् ७ सय ४६ गोल सहित चौथो सर्वाधिक गोल गर्ने सूचिमा छन्।

पाँचौ स्थानमा रहेका जर्मन खेलाडि गार्ड मुलरले ७ सय ३५ गोल गर्दा, मेसीका प्रतिश्पर्धि मानिने पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डो मेसी भन्दा एक स्थान अघि छन् ।

सर्वाधिक गोल गर्ने खेलाडिको छैटौ स्थानमा रहेका रोनाल्डोले आफ्नो करियरमा ७ सय २५ गोल गरेका छन् ।