MENU

विश्व १२ वर्ष यताकै खराब वित्तिय संकटमा: आईएमएफ

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिवा, फोटो एजेन्सी

कोरोना भाइरसको संक्रमणका कारण विश्व बाह्र वर्ष यताकै खराब वित्तिय अवस्थामा पुगेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रलाई संकटमा पुर्‍याएको जनाएको हो ।

आईएमएफले अहिले विश्व १२ वर्ष अघिको विश्व वित्तिय संकट (२००८) भन्दा पनि खराब अवस्था भएको जनाएको छ । ‘अहिलेको संकट पहिले भोगिएका संकटहरु भन्दा निकै भिन्न छ,‘आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिवाले भनिन् । भिडियो कन्फ्रेन्सबाट करिब ४०० पत्रकारलाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक जर्जिवाले यस्तो भनेकी हुन् ।

उनले भनेकी छिन् ‘हामीले लामो समयपछि यस्तो विश्व आर्थिक संकट देखेका छौँ, हामी यतिबेला आर्थिक मन्दीमा प्रवेश गरेका छौं’ यस्तो संकटबाट बच्न विकसित देशहरुले उदीयमान अर्थतन्त्रलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।