MENU

वीरगन्जमा दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ।

वीरगन्ज निवासी ५० वर्षीय दुई पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ।

संक्रमितमध्ये हालसम्म १२ जना निको भएका छन्। ३९ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।