MENU

‘शुभ जन्मदिन’ महानायक

Nepalese Super Star Rajesh Hamal

तस्बिरः हमालको फेसबूकबाटमहानायक राजेश हमालले मंगलबार ९ जुनमा जन्म दिन मनाएका छन् ।

महानायक राजेश हमालले जन्मदिको अवसरमा दिनभरीनै साथीभाइ, नातागोता र फ्यनहरूसँग भेटघाट गरेका छन् ।

२०४५ सालमा ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

हमालका देउता, साथी, अर्जुन, देउकी, हामी तीन भाइ, भरिया, गाउँले, सन्तान, पृथ्वीलगायत दजनौं सुपरहिट चलचित्र छन्।

५० र ६० को दशकमा उनी सर्वाधिक रुचाइएका नायक हुन्। पछिल्ला केही वर्ष भने उनले नयाँ चलचित्रमा काम गरेका छैनन्।

नेपाली चलचित्र उद्योगमा तीन दशक बिताइसकेका हमाललाई दर्शकले स्वतस्फूर्त रुपमा ‘महानायक’को उपाधि दिएका छन्।