MENU

शैलेश थापा नेपालको प्रहरी प्रमुख

तश्विर : नेपाल प्रहरी

काठमाडौं, नेपाल ।

नेपालका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहिबार गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

वरीयतामा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई गत मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको थियो ।

उनले बुधबारदेखि प्रहरीको नेतृत्व सम्हालेका छन् ।

नवनियुक्त आईजीपी थापा हालको प्रावधान अनुसार २०७९ वैशाख १९ गतेसम्म सेवामा हुनेछ।

२०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् ।

२०२५ मंसिर २ गते भक्तपुरको कटुञ्जेमा जन्मिएका उनी २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।