MENU

संप्रभूताको रक्षाका लागि सम्झौता नगर्ने भारतिय प्रधानमन्त्रीको भनाई

काठमाडौं, नेपाल ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मादीले, भारतको संप्रभूताको रक्षाका लागि कुनैपनि सम्झौता नहुने उद्घोष गर्नुभएको छ ।

चिनसंगको झडपमा लद्दाखमा २० भारतिय सैनीकको ज्यान गएपछि, पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका मोदीले, जवानको बलिदान खेर जान नदिने समेत बताउनु भएको छ ।

यसैबीच भारतिय विदेशमन्त्री र चिनीयाँ विदेशमन्त्री बिच टेलिफोन बार्ता भएको छ।

भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भई दुई देशबीच तनाव बढिरहेका बेला भारतका विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच फोनवार्ता भएको चिनीयाँ समाचार माध्यम ग्लोवल न्युजले जनाएको छ ।

सो कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले भारतीय सैनिक सीमा नाँघेर चीनतर्फ आई भिडन्तका लागि उक्साएको दाबी गर्दै ती सैनिकलाई कारवाही गर्न माग गरेको बताइएको छ ।

त्यस्तै भारतिय विदेशमन्त्री जयशंकरले पनि आफ्नो तर्फबाट सो घटनामा संलग्न सेनाको जाँच गर्न भनेको समाचार संस्था रोयर्टसलाई उद्धतगर्दै भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।