MENU

संविधान संशोधनको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको सांसदलाई निर्देशन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको सांसदहरुलाई निर्देशन दिएको छ ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले, संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदहरुलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय भएको छ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

यसअघि, यही जेठ ११ गतेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसद्मा प्रस्तुत संविधान संशोधनसम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो ।