MENU

संसद् विघटन संविधानसम्मत, विशेषाधिकार प्रयोग गरेँ : प्रधानमन्त्री ओली

Khadga Prasad Sharma Oli, commonly known as K. P. Sharma Oli, is a Nepalese politician and the current Prime Minister of Nepal.
Khadga Prasad Sharma Oli, is a Nepalese politician and the current Prime Minister of Nepal.

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्मत रूपमा संसद् विघटन गरेको जिकिर गरेका छन् ।

शनिबार बुटवलमा आयोजित सभामा बोल्दै उनले एउटै पार्टीको बहुमतको सरकारको हैसियतबाट संसद् विघटन गरेको दाबी गरे । उनले संसद् विघटन प्रधानमन्त्रीको अधिकार भएको समेत बताए ।

देश अस्थिरतातर्फ धकेलिने भएपछि विघटन गरेको उनको भनाइ छ । उनले विशेषाधिकारको प्रयोग गरिएको जिकिर पनि गरे ।

उनले गलत तत्व गएपछि पार्टी शुद्धीकरणको ढोका खुलेको र पार्टी अनुशासित, सुदृढ, संगठित र गतिशील ढंगले अगाडि बढेको दावी गरे।

‘तपाईं हामी निरास हुनुपर्ने आवश्यकता छैन। केही मानिसहरु बाहिर गएका हुन, कस्ता मानिस गए भने कठैबरा! भन्नुपर्ने त्यति गएनन्’, उनले भने, ‘कठैबरा भन्नुपर्ने भन्दा पार्टीमा बसेर समस्या खडा गर्ने, पार्टीको बदनाम गर्ने, अनुशासन र आचरणहीन पार्टी रहेछ भन्ने पार्ने, गुटगत मानसिकता भएका बाहिरिएका छन्।’

प्रधानमन्त्री ओलीले उनीहरुले सरकारले गरेका राम्रा कामको कहिल्यै प्रशंसा नगरेको बताए।