MENU

सगरमाथा राष्ट्रिय निकुञ्जमा मारिए छ वटा कस्तुरी मृग

संरक्षणविदहरुलाई झस्काउने गरि सगरमाथा राष्ट्रिय निकुञ्जमा बीना झिकिएको अवस्थामा ६ वटा मृत कस्तुरी मृग भेटिनु, निकुञ्ज अधिकारीहरुको गम्भिर लापरवाहीको परिणाम ।

सगरमाथा राष्ट्रिय निकुञ्जमा बीना झिकिएको अवस्थामा ६ वटा मृत कस्तुरी मृग भेटिएको छ । निकुञ्ज अधिकारीहरुका अनुसार बीना झिकिएको अवस्थाका ती कस्तुरी मृग तस्करहरुको शिकार हुन पुगेका हुन् ।

निकुञ्ज प्रशासनका अनुसार सोलुखुम्वु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-४ को क्यान्जुवा जंगल क्षेत्रमा मृत अवस्थामा ६ वटा कस्तुरी मृग भेटिएका हुन ।

प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार आइतबार मृत अवस्थामा कस्तुरी मृग देखेपछि स्थानीयले खबर गरेको बताए । मृत कस्तुरी हेर्दा तस्करले करिव एकहप्ता अघि मारेको हुनसक्ने उपाध्यायको अनुमान छ ।

मृत कस्तुरी मध्ये २ वटा भाले र १ वटा पोथीको मात्र पहिचान भएको छ । बाँकीको पहिचान हुन नसकेको उपाध्यायले बताए