MENU

सन् २०२१ देखि बिश्वबिद्यालयकाे शुल्क घटाउदै अस्ट्रेलिया

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले आगामी वर्षका लागि केही शंकाय तथा विषयको अध्ययनका लागि शुल्कमा परिवर्तन गर्ने निर्णय गरेको छ । कतिपय बिषयको शुल्क बढेको छ भने केही बिषयको  शुल्क घटेको छ । सरकारले हेरफेर गरेको नयाँ शुल्कको कार्यान्वयन २०२१ देखि हुने सरकारले घाेषणा  गरेकाे छ ।

कुन कुन बिषयको शुल्क घट्यो  

सरकारले ल्याएको नयाँ शुल्क अनुशार अंग्रेजी विषयको अध्ययनका लागि दिइदै आएको सहुलियत रकम ६ हजार २ सय २६ डलरलाई १३ हजार ५सय डलर बनाइए पछि विद्यार्थीले  ६ हजार ८ सय चार डलरमा तिर्दै आएका थिए । तर सरकारको पछिल्लो शुल्क हेरफेरका कारण अंग्रेजी बिषय अध्ययनका लागि विगतको भन्दा आधा शुल्क ३ हजार ७ सय मात्र विद्यार्थीले तिर्नुपर्ने छ ।

त्यसैगरी, आर्किटेक्चर एण्ड विल्डिङ, आईटी, गणित, स्वास्थ्य र शिक्षा विषयका लागि सरकारले दिदै आएको ११ हजार १५ डलर सहुलियतलाई १३ हजार ५ सय डलर पुर्याउने भएको छ भने विद्यार्थीहरुले आर्किटेक्चर एण्ड विल्डिङ, आईटी, गणित र स्वास्थ्य विषयका लागि बुझाउदै आएको ९ हजार ६ सय ९८ डलर अब घटेर ७ हजार ७ सय  डलर शुल्क निर्धारण भएको छ । त्यस्तै शिक्षा विषयका विद्यार्थीहरुले ६ हजार ८ सय ४ डलर तिर्ने गरेकोमा अब ३ हजार ७ सय डलर तिर्नुपर्नेछ ।

इन्जिनियरिङ र विज्ञान विषयका लागि दिइने १९ हजार २ सय ६० डलरको आर्थिक सहयोग अब १६ हजार ५ सय पुर्याइने भएको छ भने विद्यार्थीहरुले तिर्ने गरेको ९ हजार ६ सय ९८ डलरलाई घटाएर ७ हजार ७ सय शुल्क निर्धारण गरिएको छ ।

कृषि, दन्त चिकित्सा, औषधी विज्ञान र पशु चिकित्साका लागि सरकारले दिने आर्थिक सहयोग २४ हजार ४ सय ४६ डलरलाई बढाएर २७,००० पुर्याइने छ भने विद्यार्थीहरुलेतिर्दे आएको शुल्क  ११ हजार ३ सय ५५ डलरलाई सामान्य परिवर्तन गरी ११ हजार ३ सय  बनाइने छ ।

नर्सिङ अध्ययनका लागि दिइदै आएको १५ हजार एक सय २५ डलरको सहयोगलाई १६ हजार ५ सय  पुर्याइने छ भने विद्यार्थीहरुले तिर्दै आएको  शुल्कलाई  ६ हजार ८ सय चार डलरवाट घटाएर ३ हजार ७ सय  डलरमा झारिएको छ ।

शुल्क बढेका बिषयहरु

सरकारले दिदै आएको सहुलियतमा कटौती गरिएपछि फूड एण्ड हस्पीटालिटी, व्यवस्थापन र वाणिज्य, कानून र अर्थशास्त्र, मानविकी, समाज र सोसाईटी एण्ड कल्चर सम्बन्धि अध्ययनको शुल्क बढेको छ ।

फूड एण्ड हस्पिटालिटी, व्यवस्थापन र वाणिज्य, कानून र अर्थशास्त्र, तथा मिश्रित विषयमा सरकारले दिदै आएको अनुदान २ हजार २ सय ३७ डलरलाई  ११ सय  डलरमा घटाउने निर्णय भएपछि विद्यार्थीलाई लाग्दै आएको ११ हजार ३ सय ५५ डलर बढेर १४ हजार पाँच सय डलर पुग्नेछ ।

त्यस्तै मानविकीका लागि सरकारले दिदै आएको अुदान  ६ हजार  दुई सय २६ डलरलाई घटाएर ११ सय लडर मात्र अनुदान दिने निर्णयसगैविद्यार्थीहरुले अहिले लाग्दै आएको ६ हजार ८ सय ४ डलरबाट बढेर १४ हजार ५ सय  डलर पुग्नेछ ।

सोसाईटी एण्ड कल्चर अध्ययनका लागि सरकारले दिदै आएको ११ हजार १५ डलरको सहुलियतलाई ११ डलरमा झारेपछि विद्यार्थीहरुले अहिले तिर्दै आएको ६ हजार ८ सय चार डलर अब बढेर १४ हजार पाँच सय पुगेको छ ।

संचार विषयका लागि दिदै आएको अनुदान १३ हजार पाँच सय ४७ लाई कटौती गरेर ११ सय मात्र दिने निर्णयले यसको असर विद्यार्थीमाथि परेको छ  । अहिले उक्त विषयका विद्यार्थीहरुले ६ हजार ८ सय चार  डलर तिर्दै आएको शुल्क बढेर १४ हजार पाँच सय लडर पुगेको छ ।

कोरोना भाइरसको महाभारीका कारण अस्ट्रेलियकाकलेजहरुकाआयस्रोत मात्र घटेको छैन । अस्ट्रेलियको अर्थतन्त्र धान्ने प्रमुख आयस्रोतअन्र्तराष्ट्यि विद्यार्थीले नयाँ भर्ना गर्न नपाउदा देशको अर्थतन्त्रमा प्रतिकुल असर परेको छ ।

त्यसैले विद्यार्थीहरुलाईआर्कषण गर्ने उदेश्यले संघीय सरकारले विद्यार्थीले बढी  रुचाएका विषयहरुको शुल्क घटाएको छ  ।

सरकारले हेरफेर गरेको नयाँ शुल्कको तालिका

Band    DisciplineAnnual cost
1Teaching, clinical psychology, English, maths, nursing, languages, agriculture$3,700
2Allied health, other health, architecture, IT, creative arts, engineering, environmental studies, science$7,700
3Medical, dental, veterinary science$11,300
4Law & economics, management & commerce, society & culture, humanities, communications, behavioural science$14,500