MENU

सरकारबाट हटाउने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, नेपाल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने सपना नदेख्न सुझाब दिएका छन् ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको सन्दर्भमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले यतिवेला दिल्लीका मिडियाको प्रचारशैली र भारतीय दूतावास सक्रियता हेर्दा आफुलाई हटाउने प्रयास भएको दाबी सहित हटाउने सपना नदेख्न सुझाव दिए ।

नेकपाको जारी स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले राजीनामा माग्ने तयारी गरिरहेको समाचारका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने प्रयास भए पनि असफल हुने दाबी गरे ।

आफुले नेपाली भूमी समेटेर नक्सा जारी गरेपछि, आफुलाई हटाउने खेल शुरु भएको बताएका ओलीले त्यसअघि नै आफूलाई हटाए ‘देशको हितमा बोल्ने कुनै प्रधानमन्त्री नहुने’ चेनावनी दिएका हुन्।

नेपालको राष्ट्रिय हितको पक्षमा आफू दृढता पूर्वक उभिएकाले पदबाट हटाउन पार्टीभित्र र भारतीय पक्ष लागेको दाबी गरेका ओलीले नेकपाका नेताहरुले त्यो कुरा बुझेको तर्क गरेका छन् ।

ओली नेतृत्वको सरकारले नेपाली भूमी लिम्पियाधुरा लिपुलेक कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि भारत रुष्ट छ ।

यता कोरोना महामारी लगायतका विषयमा सरकारले प्रभावकारी भूमिका नखेलेको भन्दै ओली नेतृत्वको सरकार विरुद्ध पार्टी भित्रै मोर्चाबन्दी भइरहेको काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा व्यक्त विचारबाट प्रष्ट भएको छ ।