MENU

सरकार र डाक्टर केसीबीच मध्यराती सहमति, अनसन तोडिदै

काठमाडौं ।  प्राध्यापक डाक्टर गोविन्द केसीले गरेको २८ दिनदेखिको आमरण अनशन अन्त्य हुने भएको छ ।

मध्यराति सरकारसँग आठ बुँदे सहमति भएपछि केसीले आमरण अनशन तोड्न लागेका हुन्।

राति सहमति भएकाले केसीले औपचारिक रुपमा बिहानमात्र अनशन सकिएको घोषणा हुनेछ।

शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली र केसीबीच भएको सहमतिअनुसार जुम्लामा आउँदो शैक्षिक सत्रदेखि एमबीबीएस पढाई सन्चालन गरिनेछ ।

यस्तै गेटा मेडिकल कलेज सन्चालनका लागि आगामी संसद बैठकमा विधेयक लैजाने, बर्दिबासमा तीन वर्षभित्र एमबीबीएस पढाई चलाउने, पोखरामा एमडी र एमबीबीएसका लागि रकम छुट्याउने सहमति भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०८० साल फागुन १० गतेभित्रै पढाई सुरु गर्ने, प्रस्तावित डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा मेडिकल कलेज सन्चालन प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

सप्तरीको रामराजाप्रसाद सिंह प्रतिष्ठान निर्माण, बयलपाटा अस्पतालमा निःशुल्क उपचार, कोभिडको परीक्षण वृद्धि, नियमअनुसार नियुक्ति र विगतका सहमति पालना गर्ने विषय पनि सहमतिपत्रमा छन् ।

केसीले राखेका ६ बुँदे मागमध्ये भ्रष्ट्राचारमा संलग्नलाई कारबाही सम्बन्धी विषय सहमतिपत्रमा उल्लेख छैन ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाले भिषासम्बन्धी नीतिमा के- के परिवर्तन गर्दैछ ?