MENU

सरिता गिरीद्धारा सर्वोच्चमा मुद्दा

काठमाडौं, नेपाल ।

सांसद सरिता गिरीले सर्वोच्च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराएकी छिन्।

संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक भएको भन्दै गिरीले आज सर्वोच्च अदालतमा आज मुद्दा दर्ता गरेकी हुन।

आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको गिरीको दाबी छ ।

पार्टीको निर्देशन विपरीत लिम्यिाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै गिरीलाई पार्टीले कारबाही गरेको थियो।