MENU

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप १० जना भन्दाबढी भाइते

काठमाडौं, नेपाल ।

सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेसका स्थानीय कार्यकर्ताबीच झडप भएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले घटनाको पुष्टि गर्दै सानो निहुँबाट भएको झगडा राजनीतिकरण भएर ठूलो रुप लिएको जानकारी दिनुभएको छ ।

घटनामा १० जना भन्दाबढी बढी घाइते भएका छन् ।

सो क्रममा गोली चलेको पुष्टि भएको छ, तर गोली कसले चलाएको हो भन्ने थाहा हुन सकेको छैन् ।

घटनाबारे भोली विहानमात्रै पुर्ण विवरण आउने सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मदन कुवरले जानकारी दिनुभयो ।

प्रदेश दुइको प्रहरी केन्द्रिय मुख्यालय स्रोतले केही मानिसलाई गोलीको छर्रा लागेको पुष्टि गरेको छ । तर घाइतेको पुर्ण विवरण आउन बाँकी रहेको जनाएको छ ।