MENU

सर्वदलीय बैठकको निष्कर्ष :- कालापानी र लिम्पियाधुरामाथिको अतिक्रमण अस्वीकार्य

नेपालका सबैदलहरुको सर्वदलीय बैठकले, कालापानी र लिम्पियाधुरामाथिको अतिक्रमण अस्वीकार्य भन्दै तत्काल भूमि फिर्ताका लागि पहल गर्ने निष्कर्ष निकालेको छ ।

प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सर्वदलीय बैठकले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनुपर्नेे निष्कर्ष पनि निकालेको छ ।

बैठकको सुरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका तर्फबाट भएगरेका कामहरुवारे जानकारी गराएका थिए ।

भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निर्णय गर्दै बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेकोले भारतीय अतिक्रमण स्वीकार्य हुन नसक्ने ठहर गरेको छ ।

बैठकपछि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सहभागी सवै दलका प्रतिनिधिहरुले भारतले सडक बनाएको भूभाग नेपालको भन्दै अभिमत प्रकट गरेको र त्यसका लागि प्रभावकारी कुटनीतिक कदम चाल्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सवैको साथ चाहिने भन्दै राष्ट्रहितमा देखिएको एकताको सम्मान प्रसंसा गरेका थिए ।

संसदमा प्रतिनिधित्त्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरु सर्वदलीय बैठकमा सहभागी थिए ।

बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवाले काली नदी नै नेपालको सीमा भएको भन्दै कालापानी नेपालकै भएकाले त्यो भूमि फिर्ता गर्न पहल गर्नुपर्ने धराणा राखेको जानकारी दिए ।

बैठकमा सहभागी डा. बाबुराम भटराईले भने अफ्नो ६ बुँदे लिखित धारणा राखेका प्रस्तुतगर्दै अहिलेको समयमा आन्तरिक रुपमा राष्ट्रवादको कार्ड खेल्नुभन्दा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।