MENU

साउदीमा ६ सय ७४ नेपाली कोरोना संक्रमित


साउदी अरबमा कोरोना भाइरस कोभिड १९बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ ।

११ जना महिला र अन्य पुरुष नेपाली कोरोना संक्रमित भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका नेपाली दूतावास रियादले जनाएको छ।

संक्रमित भएका मध्य केही नेपाली निको भइ काममा फर्किसकेका छन् ।

दूतावासका अनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्न कारणले ३१ नेपाली नागरिक को मृत्यु भएको छ। ती मध्य कोरोनाका कारण भने एक जना नेपालीले ज्यान गुमाएका छन्।