MENU

पुरस्कृत लेखिका तुम्खेवाले पुरस्कार स्वरुप ताम्रपत्र र नगद बीस हजार प्राप्त गरेकी थिइन् ।

असल साहित्यकारले पुरस्कार र सम्मानहोइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमाउल्लेखनिय योगदानदिँदै आइरहेको साताको साहित्य डट कमले बर्ष भरि आफ्नो वेभसाइटमा प्रकाशित रचनाहरु मध्ये उत्कृष्ट रचनालाई पुरस्कृत गर्दै आइरहेको छ।

 

सोहि अनुसार यस बर्ष गत अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म प्रकाशितभएका रचनाहरू मध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा यस पटक कवियत्री सीतातुम्खेवाको कविता ‘वीर्यको बतास’लाई यस बर्षको साताको साहित्य पुरस्कार केही साता अगाडि घोषणा गरिएको थियो ।

राजधानीको पर्यटन बोर्डमा एक समारोहकाबीच सीतातुम्खेवालाई पुरस्कार अर्पण गरियो । पुरस्कृत लेखिकाले पुरस्कार स्वरुपताम्रपत्र र नगदबीसहजार प्राप्त गरेकीथिइन् ।

 

कार्यक्रमकाप्रमुखअतिथिकवितुलसीदिवसले साताको साहित्यको यो प्रयासले थुप्रै लेखकहरूलाई उर्जा थपिरहेको उल्लेख गरे । साताको साहित्य पुरस्कारको थालनी आठ बर्ष अघि देखि गरिएको हो ।

 

यस अघि नवीनप्यासी, पोल्लास सिन्धुलिय, बोनमप्रताप, नवराज पराजुली, मुकुन्दप्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भएकाथिए ।कार्यक्रममानयनराज पाण्डे, नारायण ढकाल लगायत साताको साहित्य पुरस्कारबाट पुरस्कृत लेखकहरूको पनिउपस्थितिथियो ।

 

लेखक एवं प्रकाशकभुपेन्द्र खड्काले सञ्चालन गरेको कार्यक्रममा साताको साहित्यकाकार्यकारी सम्पादकले उपस्थित सबैलाई स्वागत गरेका थिएभने, सम्पादकनिष्प्रभ सजीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका बीट मारेका थिए ।

 

साताको साहित्य पुरस्कारको प्रायोजन हरेक बर्ष इनोभेटिभ एसोसिएट्सले गर्दै आएको छ ।