MENU

सामाजिक संञ्जालको कानूनी सुरक्षा खोस्न ट्रम्पको कार्यकारी आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले, सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा खोस्ने गरी कार्यकारी आदेश जारी गरेका छन् ।

ट्वीटरले आफ्ना केही ट्वीटमा तथ्य जाँच राखेपछि रुष्ट भएका ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटाउने सम्बन्धी कार्यकारी आदेश जारी गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आफ्नो ट्वीटमा तथ्य जाँच राखेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिएका ट्रम्पले तत्काललाई उनीहरुले पाउँदै आएको केही कानूनी अधिकार कटौती गरेको बताइएको छ ।

ट्रम्पले कार्यकारी आदेश जारी गरेसँग अब नियामक निकायले फेसबुक तथा ट्वीटरसहितका सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीप्रति उनीहरुले गर्ने व्यवहारविरुद्ध कानूनी उपचार खोज्न पाउने छन् ।