MENU

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानसिक समस्या बढ्दै

सामाजिक सञ्जाल मानिसको अभिन्न अंगको रुपमा विकास भएको छ। संसारका तीन अर्ब मानिस समाजिक सञ्जालसँग जोडिएका छन्। यो विश्वको कूल जनसंख्याको ४० प्रतिशत हो। सामाजिक सञ्जालबिना मानिसलाई अब बाँच्नै गाह्रो जस्तो लाग्छ।

 

 

तर बेलायतमा गरिएको एक सर्वेक्षणमा सामाजिक सञ्जालको नकारात्मक पक्ष प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालको प्रयोग डिप्रेशनसँग जोडिएको छ। सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने मानिस रोगको शिकार बन्ने गर्छन्।


विशेष गरी किशोरीहरुमा समाजिक सञ्जालको प्रयोगले डिप्रेसन हुने अनुसन्धानमा खुलेको छ।

 

यो विषय कल्पना गरेभन्दा धेरै जटिल भएको अनुसन्धानकर्ता बताउँछन्। उक्त्त अनुसन्धान ‘द लान्सेट चाइल्ड एण्ड एडोलिसेन्ट हेल्थ’मा प्रकाशित गरिएको हो। बेलायतमा १० हजार मानिसमा गरिएको सर्वेक्षणमा १३ देखि १६ वर्षको उमेरसम्मका व्यक्तिको सहभागिता थियो। उक्त्त सर्वेक्षणले सामाजिक सञ्जालले किशोरको तुलनामा किशोरीलाई अझै धरै हानी गर्ने निष्कर्ष निकालेको छ।

 

 

सामाजिक सञ्जालको सही प्रयोग गर्नेको लागि यो लाभदायी छ। धरै समय यसमा बिताउने मानिसमा भने मानसिक रोगको विकास हुने देखिन्छ। शरीरलाई आवश्यक पर्ने निन्द्रा र व्यायामको कमी र सामाजिक सञ्जालमा हुने साइबर बदमासीबाट महिलाहरु धेरै प्रभावित हुने गर्छन्।

 

 

मोबाइल तथा कम्प्युटर स्क्रिनबाट निस्किने निलो रंगको प्रकाशले हाम्रो शरीरको ‘बडी क्लक’ लाई नियन्त्रण गर्ने हार्मोन मेलाटोनिनको उत्पादनमा समस्या आउँछ। मेलाटोनिनले हामीलाई निन्द्राको समस्या हुन दिँदैन्। तर यसको उत्पादनमा अवरोध हुँदा हामी निदाउन सक्दैनौं। स्वस्थ निन्द्रा नहुँदा अनावश्यक रोगले पेल्न सुरु गर्छ।

 

 

मानसिक चिन्ता र सामाजिक सञ्जाल प्रयोगबीच सम्बन्ध भएको पत्ता लगाएपछि सामाजिक सञ्जाललाई राम्रो कामको लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ। सन् २०१६ मा १७ मानिसमा गरिएको अनुसन्धानबाट सामाजिक सञ्जालको प्रयोगकर्ता अरु मानिसभन्दा मानसिक चिन्ताको शिकार बन्ने सम्भावना ३ गुणले बढेको पाइएको थियो।

 

 

साइबर बुलिङ, अरुको जीवनको प्रगति र आफू केही नभएको अनुभव तथा सामाजिक सञ्जाल चलाएपछि तनाव बढ्ने कारणले यस किसिमको समस्या देखा परेको बताइएको छ।

 

 

 

अनुसन्धानका आधारमा साइबर बुलिङको शिकार विशेषगरी किशोरीहरु हुने गर्छन्। यसका साथै पुरुषको तुलनामा महिलालाई अझै बढी आराम आवश्यक पर्छ। अनुसन्धानबाट अनिन्द्राको कारण मात्र ६० प्रतिशत महिलामा बढी मानसिक तनाव हुने निष्कर्ष निकालिएको छ।
एजेन्सी