MENU

सिडनी विमानस्थलमा नेपाल एयरलाइन्स (फोटो फिचर)

Picture: Kieran Wells Source: Windswept Aviation Photography

सिड्नी, नेपाल वायु सेवा निगमको वाइड बडी जाहाज गएको विहिवार ७ मे २०२० का दिन सिड्नी विमानस्थलमा अवतरण गरेको छ ।

अस्ट्रेलिया र न्युजिल्याण्डका २ सय ८१ जना यात्रु बोकेर काठमाण्डौबाट मलेसियाको क्वालालम्पुर हुँदै यो बिमान सिड्नी अवतरण गरेको हो ।

काठमाण्डौ स्थित अस्ट्रेलियन दुतावासले आफ्ना देशका नागरिकलाई स्वदेश फिर्ता लैजान नेपाल वायुसेवा निगमको बिमान चार्टर गरेको थियो ।

सिड्नीमा विमान अवतर र उडान गर्दाको सुन्दर क्षणहरुलाई फोटोग्राफ केरन वेल्सले आफ्नो क्यामरामा कैद गरेका छन् । उनी एभिएसन सम्बन्धी फोटोग्राफिमा रुची राख्दछन् ।

Picture: Kieran Wells Source: Windswept Aviation Photography