MENU

सिड्नीबाट मेलबर्न गइरहेको रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मेलबर्न । अस्ट्रेलियाको सिड्नीबाट मेलबर्न गइरहेको एक रेल वालान शहर नजिक भएको दुर्घटनामा परि दुईजनाको मृत्यु भएको अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन् ।

 

 

 

अन्य थुप्रै यात्री ट्रेनमै च्यापिएका छन् । दुर्घटना स्थल मेलवर्न शहरबाट ४५ किलोमिटार उत्तरमा छ ।

 

स्थानीय समय अनुसार बिहिवार बेलुका ७ : ५० मा रेल लिगबाट खसेको थियो ।

 

 

तस्वीरहरूमा रेलको ट्य्राकबाट अनेकौं डब्बा खसेको र अगाडिको डब्बा छेउतिर झरेको देखिन्छ । रेलमा रहेका एक यात्रुले दुर्घटना हुँदा लगभग २०० यात्रु रहेको बताए ।

 

रेल कसरी दुर्घटनाग्रस्त भयो भन्ने खुलेको छैन । प्रहरी तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगेका छन् ।