MENU

सिड्नीमा आठ सय जनालाई एनआरएनएको राहत, रोजगारीमुलक तालिम संचालन हुने

सिड्नी, गैर आवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए) न्यु साउथ वेल्स राज्य समितिले कोरोना भाइरसको प्रकोपबाट प्रभावित नेपाली समुदायका आठ सय भन्दाबढी सदस्यहरुलाई सहयोग गरेको छ ।

सिड्नीमा कोरोना भाइरसको प्रकोप फैलन शुरु भएपछि करिव दुई महिनाको अवधिमा एन आर एनले पहिलो र दोस्रो फेज गरेर अत्यावश्यक ग्रोसरी वितरण गरेको हो ।

एन आर एन उपाध्यक्ष तथा न्यु साउथ वेल्स संयोजक देग गुरुङका अनुसार पहिलो फेजमा कोरोना संक्रमण भएर सेल्फ आइसोलेसनमा बसेकाहरुलाई प्राथमिकतामा राखेर सहयोग गरिएको थियो ।

दोस्रो फेजमा रोजगारी गुमाएका, नेपालबाट भर्खरै अस्ट्रेलिया आएका र घर भाडा र पढाइ खर्च जुटाउन संघर्ष गरिरहेका नेपली विद्यार्थीहरुलाई सहयोग गरिएको उपाध्यक्ष गुरुङे नेप्लिज अस्ट्रेलिएनलाई बताए । एन आर एनले सिड्नी भन्दा बाहिर ओलङ्गन, न्यु क्यासल र आरमडलमा पनि पार्सल गरेर राहत पुर्याएको थियो ।

गुरुङका अनुसार न्यु साउथ वेल्समा रहत वितरण कार्यका लागि हालसम्म ३० हजार डलर खर्च भैसकेको छ । रहत बितरणका लागि नियमित २५ जना भन्दा बढी एन आर एन ए, न्यु साउथ वेल्स राज्य समितिका पदाधिकारीहरु र यहाँका अन्य सामुदायिक संस्थाका सदस्यहरु खटेएका थिए ।

“यो दुइ महिनाको अवधिमा दिनरात खट्ने स्वयम सेवक, आर्थिक तथा खाद्यान्न सहयोग गर्ने परोपकारी मनहरु, नेपाली दुतावास, कन्सुलज जनरलको कार्यालय, सामुनायिक संस्थाहरु सबै प्रति आभिारी छु ।”  उपाध्यक्ष गुरुङले भने, “यो प्रकोपको समयमा एक जुट भएर एक ले अर्कालाई सहयोग गरौ ।”

रोजगारीमुलक तालिमका लागि सहयोग

एनआरएनए न्यु साउथ वेल्स राज्य समितिले रोजगारीमुलक तालिमका लागि सहयोग गर्ने भएको छ ।

कोरनाको प्रकोपका करण रोजगारी गुमाएकाहरुलाई पुन रोजगारीमा फर्कन सहयोग हुने कफी बनाउने, उबर इटको बाइसाइकल, ह्वाइट कार्ड जस्ता तालिमहरु तेस्रो फजमा संचालन गर्ने उपाध्यक्ष देव गुरुङले बताए ।

यो साथै तेस्रो फेजको सहयोग अन्तर्गत मानसिक स्वास्थ्य र परामर्शका कार्यक्रमहरु पनि ल्याइने छ ।