MENU

सिड्नीमा कोरोना भाइसरको दोश्रो वेभको डर; थपिए केहि प्रतिबन्ध

सिड्नी।  कोरोना भाइसरको दोश्रो वेभको डर बढेपछि न्यु साउथ वेल्स राज्यमा केही प्रतिबन्धहरू थपिएको छ ।

न्यु साउथ वेल्स राज्य की पृमिएर ग्लाडी बेजेरिक्लिनले मंगलबारबाट स्थानिय पपहरुमा २० जना सम्म जम्मा हुन पाइने अघिल्लो नियम हटाएर जम्मा १० जना मात्रै जम्मा हुन पाइने बताएकि छिन । ठूला कन्फरेन्स भेनुमा  ३०० जना मात्र भेला हुन पाइने बताइएको छ ।

उनले यो नियम लागु भए नभाएको प्रहरीले कडा अनुगमन गर्ने र नियम उल्लङ्घन कर्तालाइ ठुलो जरिवाना हुने बताइन ।

क्यासुला स्थित क्रसरोड होटेलबाट फैलिएको सन्क्रमण आसपासका पप हुँदै सिड्नीको चर्चित स्टार क्यासिनु सम्म पुगेको थियो।

जुलाइ पहिलो हप्ता क्रसरोड होटेल तथा केहि पपहरुमा गएका सबैलाइ कुनै लक्षण नभए पनि सेल्फ आइसोलेसनमा रहन निर्देशन दिइएको छ । यो होटलबाट मात्र २१ जनामा संक्रमण फैलिएको पुष्टी भैसकेको छ ।

न्यु साउथ वेल्स स्वास्थ्य बिभागले सन्क्रमण भएको इलाका भ्रमण गरेकालाइ बृद्ध तथा बाल्बालिका स्वाहार केन्द्र जस्ता जोखिम हुनसक्ने ठाउँमा नजान पनि निर्देशन दिएको छ ।

एक अंकमा झरेको न्यु साउथ वेल्सको कोरोना सन्क्रमण संख्या फेरि २ अंकमा उक्ले पछि यहाँ दोश्रो वेवको डर बढेको हो ।

यहाँका एक अर्बपति माइक क्याननले छिट्टै लक्डाउन गर्न राज्य सरकारलाइ सुझाव दिएका छन । उनले भनेका छन, “भिक्टोरियाको नियति बाट बच्न छिट्टै लकडाउन गर्नु पर्दछ ।”

यसैबीच सिड्नीको यात्राबाट फर्किएकाहरूले क्विन्सल्याण्डमा अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।