MENU

सिड्नीमा भब्य तमु ल्होछार

सिड्नी, तमु समाज सिड्नीको आयोजनामा तमु ल्होछार २०२० यही जनवरी ४ शनिवार हर्सभिलमा रहेको मराना अडिटोरियममा सम्पन्न भएको छ । गुरुङ समुदायले सुगुर वर्षलाई विदाई गर्दै मुसा वर्षको रुपमा नयाँ वर्षलाई स्वागत गरेको हो ।

  


अस्ट्रेलियाका लागि नेपाली राजदार महेश दाहाल प्रमुख अतिथी रहेको उक्त दिन तमु संस्कृति अनुसार वुद्ध भगवानको पुजा गर्नुका साथै अवतारी लामाबाट आर्शिवाद तथा प्रसाद वितरण गरिएको अध्यक्ष दिनेश गुरुङले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

 

कार्यक्रममा तमु कलाकारहरुको सहभागितमा सोरठी, घाटु लगाएतका नृत्यको साथमा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आउनु भएकी गायिका मिलन अमात्यकोे प्रस्तुति रहेको थियो ।

साँझ ५ बजे सुरु भएको कार्यक्रममा नयाँ पुस्ताहरुले तमु संस्कृति झल्कने नृत्य र गाएर देखाएको संस्कृतिक कार्यक्रम भिमसेन गुरुङले बताए ।

 

अस्ट्रेलियाको मेलवर्नमा पनि तमु ल्होछार मनाईएको थियो । फोटो सौजन्य अमृत गुरुङ फोटोग्राफी