MENU

सिड्नीमा साउदर्न एकेडेमी ग्रुपको नयाँ कलेज खुल्यो

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा साउदर्न एकेडेमी ग्रुपको लगानीमा साउदर्न एकेडेमी अफ हेल्थ साईन्स कलेज संचालनमा आएको छ ।

साउदर्न एकेडेमी ग्रुपका सिईओ मन केसीले शुक्रबार एक कार्यक्रमका बीच कलेजको उद्घाटन गर्दे भने “स्तरीय प्राबिधिक शिक्षाका लागि कलेज संचालनमा ल्याईएको हो ।”

टाउन हलको जर्ज स्ट्रेटमा रहेको उक्त कलेजमा एजकेयर, चाईण्ड केयर, कम्युनिटी सर्भिस र डिस्याबिलिटी सर्भिस सम्बन्धी पढाई हुने केसीले जानकारी दिए । ३ सय ६० जना क्षमताको कलेजमा कोभिड महामारीकै बीचपनि नयाँ विद्यार्थीहरु भर्ना भइरहेका छन ।

मन खत्री र सुनीता खत्री संरक्षक रहेको साउदर्न एकेडेमी ग्रुपको दक्षिण अस्ट्रेलियाको एडिलेडमा साउदर्न एकेडेमी अफ हेल्थ साईन्स, सिड्नीको टाउन हलमा साउर्दन एकेडेमी अफ बिजनेश एण्ड टेक्नोलोजी र साउदर्न ङ्गलिस कलेजमा समेत लगानी रहेको छ ।

केसी सामाजिक अभियान्ता तथा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष पनि हुन ।