MENU

सीमा अतिक्रमणको विरोधमा न्यूजिल्यान्डबाट पठाइयो भारतीय प्रम मोदीलाई ज्ञापनपत्र

व्लिङ्टन न्यूजिल्यान्ड, भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रबासी नेपाली एकता मंच न्यूजिल्यान्डले भारतीय दुताबास व्लिङटनमा ज्ञापन पत्र बुझाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ सम्बोधन गरिएको ज्ञापन पत्रमा लिपुलेक हुँदै कैलास मानसरोबरको बाटोमा नेपाली भूभाग प्रयोग भएको भन्दै बिरोध गरिएको छ ।

त्यस्तै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको र सुगौली सन्धि लगाएतका दस्ताबेजले उक्त भूभाग नेपालको भएको प्रमाणित भएको भन्दै अतिक्रमित भुमि फिर्ताको माग गरिएको छ ।

न्यूजिल्यान्डको व्लिङटन स्थित भारतीय दुताबास अगाडी बिरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाउनको लागि स्थानिय प्रहरी प्रशासनसंग स्वीकृतिको लागि अनुरोध गरेपनि स्थानिय प्रशासनले अनुमति प्रदान नगरेपछि उक्त ज्ञापन पत्र लिएर प्रबासी नेपाली एकता मंच न्यूजिल्यान्डका सदस्य नबजिब ढुंगाना स्वयम भारतीय दुताबासमा उपस्थित भएर ज्ञापन पत्र बुझाउन खोज्दा दुताबासबाट ज्ञापन पत्र बुझ्न अस्विकार गरेकाे थियाे।

उक्त ज्ञापन पत्र हुलाक मार्फत न्यूजिल्यान्डको व्लिङटन स्थित  भारतीय दुताबासमा पठाईएको छ।

प्रवासी नेपाली एकता मन्च न्यूजिल्यान्डका अध्यक्ष आत्मा राम खनाल र सचिब मिलन जि सि द्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ “भारतको यो प्रवृत्तिले अन्तराष्ट्रिय कानुन, द्विपक्षीय सन्धि सम्झौता उल्लङ्घनका साथै नेपाल र भारतबिचका नागरिकको सामाजिक साँस्कृतिक र ऐतिहासिक सम्बन्धलाइ पनि कमजोर बनाएको छ ”

ज्ञापनपत्रको पूर्ण पाठ