MENU

सीमा अतिक्रमणविरुद्ध गैरआवासीय नेपालीहरुले विश्वभर हस्ताक्षर संकलनगर्दै

गैरआवासीय नेपाली संघ एनआरएनएले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर संकलन गर्न थालेको छ ।

लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर संकलन अभियान थालेका हुन् ।

यही जेठ २ गते शुक्रबारबाट थालिएको अनलाईन हस्ताक्षर संकलन अभियानमा जेठ १८ गतेसम्म सहभागि हुन सकिने एनआएएनले जनाएको छ।

http://chng.it/sTjMCMH42m

संकलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने संघको सूचना–सञ्चार तथा प्रशाशन समितिले जनाएको छ।