MENU

स्थायी बसोबासको अनुमति भएकालाई जापान र हङकङ फर्किन दिइने

सरकारले छुट्टीमा नेपाल आएका तर लकडाउनका कारण फर्किन नपाएका जापान र हङकङको भिसा धारिहरुलाई फर्किन अनुमति दिने भएको छ।

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिने निर्णय गरेको उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले बताए । त्यहाँको भिसा भएकाहरूलाई आफ्नै खर्चमा जान अनुमति दिइएको उनको भनाई छ ।

आज विशेषज्ञहरुलाई बोलाएर लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गरेको समितिले सरकारलाई मोडालिटी केही परिर्वतन गरेर लकडाउन थप गर्न सुझाव दिने तयारी गरेको छ ।

महामारी बढ्ने क्रम जारीनै रहेको बेला लकडाउन थप गर्नु पर्ने राय विज्ञहरुले दिएपछि, समितिले ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा लैजाने बताइएको छ ।

सरकारले जारी गरेको लकडाउन जेठ ५ गते सकिँदै छ।