MENU

स्पेन विदेशी पर्यटकका लागि लचिलो बन्दै

स्पेनले आउँदो जुलाई १ देखि लागु हुने गरि विदेशबाट आउनेहरु अनिवार्य रुपमा दुई हप्ते क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाउने भएको छ।

हालसम्म अरु कुनै पनि देशबाट स्पेन जाने जो कोही पनि दुई हप्ता क्वारेन्टिनमा बस्नु पर्ने नियम छ ।

पर्यटनले, अर्थतन्त्रको १२ प्रतिशत हिस्सा ओगटेको स्पेनमा वार्षिक रुपमा ८ करोड विदेशी पर्यटक भ्रमण गर्ने गरेको तत्थ्याङ्क छ ।

स्पेन सरकारले क्वारेन्टिनको नियम हटाउने घोषणा गरेपछि विभिन्न एयरलाइन्सहरुले उडान सुरु गर्ने तयारी पनि गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

(अन्तराष्ट्रिय संचार माध्यमको सहयोगमा)