MENU

स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमण

स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ ।

वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

भारतबाट आएका र क्वारेन्टाइनमै रहेका उनीहरुलाई सरकारी अस्पतालको आइसोलेसनमा राखिने छ ।
यससँगै स्याङजामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

यसअघि मंगलबार जिल्लामा पहिलो पटक स्याङजामा दुई जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।

भने बुधबार बाग्लुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।