MENU

स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमीतता भएको छैन् : नेपाली सेना 

तश्विर : नेपाली सेना

काठमाडौं, नेपाल ।

नेपाली सेनाले, सरकारद्वारा सरकारसंग (जीटुजी) प्रकृया बमोजिम स्वास्थ्य सामग्री र उपकरण रक्षा मन्त्रायलमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्ने म्याण्डेट अनुसार नै सामाग्री खरिद गरिएको प्रष्ट पारेको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ चैत्र १६ गतेको कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको निर्णयबाट प्राप्त भएको सरकारद्वारा सरकारसंग(जीटुजी) प्रकृया बमोजिम स्वास्थ्य सामग्री र उपकरण रक्षा मन्त्रायलमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्ने म्याण्डेट अनुसार नै सामाग्ी खरिद गरिएको नेपाली सेनाले स्पष्ट पारेको छ ।

तत्कालिन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीहरुको चरम अभाव भएको बिषम परिस्थितिमा समेत पारदर्शीताका साथै उच्चस्तरीय मितव्ययिता अपनाउन नेपाली सेनाले जीटुजी प्रकृयामार्फत सम्बन्धित देशको सरकारी प्रतिनिधी मात्रको प्रयोग गरी कमिशन रहित रुपमा सामाग्री खरिद गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अनुरुप आन्तरिक खरिद निर्देशिका समेत जारी गर्नुका साथै सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ मा आधारित रही सबै सरोकारवालाहरु सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्न गरिएको हो विज्ञप्तिमा भनिएको छ ।

चीन सरकारबाट मिति २०७७ चैत्र २८ गतेबाट लागू गरिएको नेशनल मेडिकल प्रड्क्ट एडमिस्ट्रेशन एनएमपीए बमोजिमको मान्यता प्राप्त सामग्रीहरु मात्रै आयात गर्ने ब्यवस्था मिलाईएको पनि सेनाले स्पष्ट पारेको छ ।

केही संचारमाध्यमहरुले सेनाको स्वास्थ्य सामाग्री खरिद प्रकृयामा प्रश्न उठाएपछि, सेनाले विज्ञप्ति जारी गरेको हो ।