MENU

हंगकंगबासीलाई बेलायतको बाटो खुल्यो

Hong Kong and UK flags

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख बासिन्दालाई बेलायत लैजाने र उनीहरुले बेलायती नागरिकताको लागि आवदेन दिन पाउने बताएका छन्।

चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि बेलायतले यस्तो प्रस्ताव गरेको हो । जुन १९९७ सम्म हङकङ बेलायतको उपनिवेश थियो ।

प्रधानमन्त्री जोनसनले चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट बाहिरिन बाटो खुला गरिदिने बताएको बीबीसीले उल्लेख गरेको छ।

करिब तीन लाख ५० हजार बेलायती पासपोर्ट भएकासँगै अन्य २६ लाख हङकङ बासिन्दा बेलायत जान पाउने छन्।

बेलायत पुगेको एक वर्षपछि उनीहरूले नागरिकताका लागि आवेदन दिन पाउने छन्।

बेलायती पासपोर्ट बाहक हङकङका बासिन्दालाई सन् १९८० को दशकमा विशेष हैसियत प्रदान गरिएको थियो। तर अहिले उनीहरूको त्यो अधिकारमा प्रतिबन्ध लगाइएको छ र प्रवेशाज्ञा नलिएरै छ महिनाको निम्ति ब्रिटेन प्रवेश गर्न पाउने सुविधामा सीमित तुल्याइएको छ।

सरकारको नयाँ योजना अनुसार उनीहरू र उनहरूमा निर्भर रहेका परिवारका सदस्यलाई पाँच वर्षको निम्ति ब्रिटेनमा बस्न, काम गर्न र पढ्न दिइने छ।

उता चीनले भने नयाँ कानुन हङकङको स्थायित्वको निम्ति आवश्यक रहेको बताएको छ।