MENU

हर्सट्भिलको वेस्टफिल्डमा भेटिएको कोरोना भाइरस संक्रमण नियन्त्रण भित्र

Westfield Hurstville

सिड्नी । नेपालहरुको बाक्लो बसोबास भएको दक्षिण् पुर्बी सिड्नीको हर्सट्भिलमा कोरोना  भाइरस संक्रमित एक जना  भेटिएको यहाँको स्वास्थ्य निकायले पुस्टि गरेको छ ।  उक्त संक्रमणको श्रोत पत्ता लागेकाले र नियन्त्रणका उपाएहरु लागु भैसकेकाले डराउनु पर्ने भने छैन ।

सिड्नीको दक्षिण पुर्बी स्थानीय स्वास्थ्य इकाई कार्यालयले जनाए अनुसार हर्सट्भिलको वेस्टफिल्ड सपिंग सेन्टर भित्रको एक नंग सैलुनमा उक्त संक्रमित व्यक्ति भेटिएको हो ।

उक्त निकायले सिंगो हर्सट्भिल र सपिंग सेन्टर भने खतरा भित्र नरहेको बताएको छ । कोरोना भाइरस भेटिएको पसल बन्द गरि पूर्ण सफाई गरिएको र सबै स्वास्थ्य निर्देशनहरु पालना गरिएको हर्सट्भिलको वेस्टफिल्ड सपिंग सेन्टरले बताएको छ ।

एउटा अन्त्येष्टि समारोहमा सामेल व्यक्ति हर्सट्भिलको वेस्टफिल्ड भित्र रहेको प्रोफेसनेल नामक सैलुनमा गत जुलाई २२ र २३ मा काम गरेको र हालै उसमा कोरोना पुस्टि भएकाले उ सँग सम्पर्कमा भएका सबैको पत्ता लागेको बताइएको छ ।  उसको सम्पर्कमा भएका हुनसक्ने सबैलाई अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्न भनिएको र नियमित निगरानी गरिएको पनि बताइएको छ ।

याे पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/4838