MENU

१ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने कतार एयरवेजको घोषणा


कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने भएको छ ।

होलिडे प्याकेज अन्तर्गत ल्याइएको यो योजना कतारको दोहा समयअनुसार मे महिनाको १२ तारिख मध्यरातिबाट लागु हुनेछ ।

सो योजनामा एक स्वास्थ्यकर्मीसँग अर्को १ सदस्य पनि रहन पाउने एयरवेजले जनाएको छ ।

निःशुल्क टिकट प्राप्त स्वास्थ्यकर्मीहरुले कतार एयरले उडान भर्ने विश्वका जुनसुकै मुलुकहरुमा पनि जान पाउने बताइएको छ ।