MENU

२०२३ को महिला विश्वकप फूटबल अस्ट्रेलिया र न्युजिल्याण्डमा हुने

The Sydney Opera House
The Sydney Opera House was lit up on Thursday ahead of the result. Picture AAP ImageBianca De Marchi.SourceAAP

सिड्नी । आगामी २०२३ को फिफा वोमन्स वोर्ल्ड कप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

फिफा अध्यक्ष जिनाइ इनफान्टिनोले आफ्नो १८ सेकेण्ड लामो उदघोषमा प्रतिद्धन्दी कोलम्बियालाई हराउदै ओसिनिया क्षेत्रका अस्ट्रेलिया र न्युजिल्यण्डले महिला विश्वकप आयोजना गर्ने घोषण गरेका थिए ।

अस्ट्रेलियाको सिड्नी, ब्रिसवेन, पर्थ, न्युक्याशल, एडिलेड, मेलवर्न र लनचेस्टन लगाएतका सहरहरूमा महिला विश्वकपका खेलहरु हुनेछन् । यस्तै न्युजिल्याडको अकल्याण्ड, वेलिङ्टन, क्राइसचर्चमा खेलहरु हुनेछन् । प्रतियोगिताको उद्घाटन न्युजिल्याण्डमा र समापन अस्ट्रेलियामा हुने बताइएको छ ।

यसैबीच शुक्रबार बिहान सबेरै दुबै देशका प्रधानमन्त्रीहरुले उक्त घोषणाको स्वागत गरेका हुन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र न्युजील्यान्डका प्रधानमन्त्री जेसिन्द्र अन्दृनले आ आफ्ना सामाजिक सन्जाल फेसबूकमा उक्त घोषणाको स्वागत गरेका हुन । उनीहरुका फेसबूक पेज मा गरियेका घोषणामा मिश्रत प्रतिक्रियाहरु आएका छन ।

केहिले यो अप्रजातान्त्रिक निर्णय भनेका छन र धेरैले खुशीका साथ सफल गर्नु पर्ने सुझाव दिएका छन ।