MENU

२९६ यात्रु लिएर क्यानबेरा उड्यो नेपाल एयरलाइन्स

क्यानबेरा, अष्ट्रेलिया ।

नेपाल एयरलाइन्सको फ्लाइट आरए ४१३५ वाइड बडी पीआर होल्डर नेपाली सहित २ सय ९६ विमान काठमाडौंबाट अष्ट्रेलियाको क्यानबेराका लागि उडेको छ ।

सो वाइड बडी विमान आज नेपाली समय अनुसार अपरान्ह ५ बजेर ५० मिनेट जादाँ नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट क्यानबेराका लागि उडेको हो ।

विमानमा १५३ अष्ट्रेलियन, १ सय ४० अष्ट्रेलियन पिआरधारी र तीनजना न्युजिल्याण्डका नागरिक सवार रहेको नेपालस्थित अष्ट्रेलियन दुताबासले जनाएको छ ।