MENU

२ सय ११ यात्रु बोकेर मेलबर्नबाट उड्यो नेपाल एयरलाइन्स, झण्डै तीन घण्टा ढिला भयो उडान

Nepal Airlines at Melbourne Airport-
Nepal Airlines at Melbourne Airport

मेलबर्न, अष्ट्रेलिया ।

लकडाउनका कारण अस्ट्रेलियामा अड्किएका २ सय ११ यात्रु बोकेर नेपाल एयरलाइन्सको दोस्रो चार्टर्ड विमान मेलबर्नबाट उडेको छ ।

कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अड्किएका नेपाली नागरिकको उद्दार गर्ने क्रममा  अस्ट्रेलियामा गरिएको दोस्रो चार्टर्ड विमान, २ सय ११ यात्रु बोकेर मेलबर्नको समय अनुसार सवा तीन बजे उडेको भिक्टोरियाका लागि नेपाली महाबाणिज्य दुत चन्द्र योन्जनले जानकारी दिए ।

आर.ए ४१३५ विमान आज दिउसो १२ः५० बजे काठमाडौं फर्कने पूर्बनिर्धारित तालिका भएपनि उडान निर्धारित समय भन्दा झण्डै ३ घण्टा ढिला भएको हो । सो बिमान आइतबार  नेपालस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

सिट क्षमता भन्दा कम यात्रु

दोस्रो चार्टर्ड विमानमा नेपाल फर्कन ३ सय २५ जनाले दुताबासमा नाम दर्ता  गराएका थिए भने २ सय १५ ले टिकट लिएका थिए । ती मध्ये २ सय ११ जना बिमानमा फर्किसकेका छन ।  कागजात नपुगेकाे भन्दै एक जना यात्रुले साे बिमानमा फर्कन पाएनन । बाँकी तीन जना टिकट लिएर पनि बिमानस्थल आएनन् ।

२३ जुनमा सिड्नीवाट भएको पहिलो उडानमा २ सय ५९ जना नेपाली चार्टर्ड विमान मार्फत नेपाल फर्किएका थिए ।