MENU

एनआरएनले नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलन गर्दै

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) ले संसारभर रहेका कोभिड १९ प्रभावित र नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलन कार्य सुरु गरेको छ।

संघका अध्यक्ष्य कुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तरास्ट्रिय परिषदको बैठकले उक्त निर्णय गरेको हो। यस कार्यकोलागि संघका उपाध्यक्ष्य मन के सीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

पहिलो चरणमा नेपाली बिध्यार्थिहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको कुरा कार्यदल संयोजक एवं संघका उपाध्यक्ष्य मन के सीले जानकारी दिए । उक्त सर्वेक्षण संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मार्फत गरिने योजना रहेको छ।

यस सर्वेक्षणमा कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिनुपर्ने नभई बस्तुस्थिको जानकारी मात्र भर्नुपर्नेछ। तिन मिनटमा सकिने यो बिस्वब्यापी सर्वेक्षण सक्दो मात्रामा बढी भन्दा बढी प्रभावित बिध्यार्थीहरुले भाग लियपछि आर्को चरणको योजनालाई सघाउ पुग्नेछ।

यस सर्वेक्षणबाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय परिषदहरुबाट प्राप्त सूचना र सुझाब संकलन, सम्बन्धित राजदुताबास एवं बाणिज्यदुतहरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्थाहरुसंगको समेत समन्वयका आधारमा चरण बढ्द रुपमा रिपोर्ट नेपाल सरकार एवं अन्य सरोकारवाला निकायहरुलाई वितरण गरिने योजना रहेको कुरा यस कार्यदलका संयोजक के सी ले नेप्लिज अस्टेलियनलाइ जानकारी दिए।

नेपाल बाहिर बिद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरि रहेका बिधार्थीहरुलाई तलको लिंकमा गएर यो छोटो सर्भे सम्पन्न गर्न गराउन समेत संघले आब्हान गरिएको छ। लिंक https://www.nrna.org/ वेबसाइटको मेन्यूमा देब्रेबाट तर्फ ६ औं मा COVID 19 मा क्लिक गर्दा Covid 19 Student Survey देखिन्छ। त्यसमा गएर सोझै पनि गर्न सक्नुहुनेछ।

अन्यथा तलको लिंकमा क्लिक गर्नुहोला:

https://www.surveymonkey.com/r/studentsoutsidenepal

यो पनि पढ्नुहोस

https://nepaleseaustralian.com.au/archives/3156