MENU

क्यानबेरा आउँदै नेपाल एयरलाइन्स्

क्यानबेरा, अष्ट्रेलिया

अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा  पिआर होल्डर नेपाली नागरिक बोकेर नेपाल एयरलाइन्सल  अष्ट्रेलियाको राजधानी क्यानेबेरा आउँदै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समय अनुसार अपराह्न ४ः५५ बजे क्यानबेराका लागि उड्ने सो चार्डड फाइट्सबाट लकडाउनका कारण नेपालमै रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढी क्यानबेरा उत्रिने छन् ।

नेपालस्थित अष्ट्रेलियन दुतासबाले यसअघि विभिन्न ठाउँमा रहेका आफ्ना नागरिकको तथा पिआर होल्डर नेपालीका लागि विभिन्न ठाँउबाट एयरपोर्ट पु¥याउने व्यवस्था गरेको छ ।

दिउसो दुइबजेसम्म एयरपोर्ट पुगिसक्नु पर्ने दुताबासले जनाएको छ ।

निगमको वाइड बडी जहाज क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा आइपुग्नेछ ।

नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी पुष्टि गरिन् ।

यो नै नेपाल र अष्ट्रेलियाको इतिहासमा दुई देशको केन्द्रिय राजधानी जोड्ने नेपाल एयरलाइन्सको पहिलो उडान हुने उनले बताइएन्।

यसअघि वैशाख २४ गते अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको निगमको वाइड बडी जहाजले लकडाउनको अवधिमा पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो ।

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन ।