MENU

नेपाल फर्किनेका लागि अस्ट्रेलियाको सिड्नी र मेलबर्नबाट उडान हुने पक्का

मेलबर्न, अस्ट्रेलिया ।

नेपाल एयरलाइन्सले यही जुन २३ र जुन २७ तारिखमा नेपाल फर्किने नेपालीका लागि अस्ट्रेलियाका दुई शहर सिड्नी र मेलबर्नबाट उडान भर्ने भएको छ।

अस्ट्रेलियास्थित नेपाली दुतावासले एक विज्ञप्ति मार्फत सिड्नीबाट जुन २३ तारिख र मेलबर्नबाट जुन २७ तारिखमा उडान भर्ने जानकारी दिएको हो ।

ती दुबै उडानले क्वालालाम्पुर ट्रान्जिट भएर उडान भर्ने एयरलाइन्सले जनाएको छ ।

दुतावासले पहिलो उडानका लागि प्राथमिकतामा परेका यात्रुलाई जुन १८ तारिखसम्म टिकट खरिद गरिसक्न सुचना जारी गरेको छ।

पहिलो उडानका लागि हवाई टिकर १६ सय १५ अमेरिकी डलर तोकिएको छ।

टिकट खरिदका लागि तोकियो सम्पर्क व्यक्ती

अष्ट्रेलियास्थित नेपाली दुताबासले, दुताबासबाट अन्तिम कम्फरमेसन इमेल प्राप्त गरेका व्यक्तिहरुले काठमाडौंको नागपोखरी स्थित सी लिङ्क्स ट्राभल एण्ड टुर्र्स प्रालीका राजु ढकाललाई ९८५१०९४७४२ मा सम्पर्क गर्न भनेको छ ।

यसैबीच, नेपाल एयरलाइन्सले, टिकट खरिदका लािग मिमाम्सा कार्की र सरोज कार्कीलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ ।

नेपाल एयरलाइन्सले मेलबर्नबाट जानेका लागि सरोज नेपाललाई ९८४१९६२०६४ र सिड्नीबाट नेपाल जानेले मिमाांसा कार्कीलाई ९८४९१५७४५४ सम्पर्क गर्न अनुरोध गरेको छ।