MENU

ट्याक्स रिटर्न गर्दै हुनुहुन्छ ? विज्ञहरुको सुझाव यस्तो छ

Rishi Acharya
Editor at Nepalese Australian

 

सिड्नी । अष्ट्रेलियाको कर सम्बन्धी नियम अनुसार प्रत्यक वर्ष जुलाईदेखि अक्टोवर भित्र ट्याक्स रिटर्न गर्नुपर्छ । आम्दानी र कर आफैले निर्धारण गर्ने सिद्धान्त अनुसार अष्ट्रेलियाको कर प्रणाली चलेको छ ।

 

करमा वा अष्ट्रेलियन विजनेस नम्बर (ए.वि.एन) जुनसुकै प्रणालीमा काम गरेपनि वार्षिक कर फिर्ताका लागि अक्टोवरको ३१ तरिख भित्र व्यक्तिगत रुपमा वा टेक्स एजेण्ट मार्फत निवेदन दिन सकिन्छ ।

 

ए.वि.एनमा काम गर्नेले पनि कुल आम्दानीमा खर्च कटाएर बाँकी भएको रकमको आधारमा ट्याक्स फिर्ता लिन सक्छन् । यो बर्ष टेक्स रिटर्न गर्दा ध्यनदिनु पर्ने बिषयमा केही नेपाली विज्ञहरुको सुझाव यहाँ प्रस्तुत गरेका छौ ।

एस एण्ड एस अकाउन्टेनका निर्देशक एवं सिपिए तथा रजिस्टर टेक्स एजेन्ट गोवा कटुवालको भनाईमा अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष टेक्स रिटर्नको प्रक्रियामा केही फरक कुराहरु छन् ।

 

अघिल्लो बर्षहरुमा जस्तो यो पटकदेखि ग्रुप सर्टिफिकेट तपाईको इमेल वा घरको मेल बक्समा आउदैन । कटुवाल भन्छन्, “तपाइले माइ गभ अकाउन्टमा लगइन गरेर वा आफ्नो आधिकारीक टेक्स एजेन्टको पोर्टमा ग्रुप सर्टिफिकेट पाउन सक्नुहुन्छ ।”

 

अघिल्लो बर्षहरुमा जस्तो यो पटकदेखि ग्रुप सर्टिफिकेट तपाईको इमेल वा घरको मेल बक्समा आउँदैन । कटुवाल भन्छन्, “तपाइले माइ गभ अकाउन्टमा लगइन गरेर वा आफ्नो आधिकारीक टेक्स एजेन्टको पोर्टमा ग्रुप सर्टिफिकेट पाउन सक्नुहुन्छ ।”

कटुवालका अनुसार ट्याक्स फाईल नम्बर (टि.एफ.एन) चोरी भएर नेपाली विद्यार्थीहरु ठगिने गरेका छन् । टि.एफ.एन चोरी गर्नेमा अधिकांश सहकर्मीहरु नै हुने गरेको कटुवालको अनुभव छ ।

 

टि.एफ.एन अष्ट्रेलियन कर कार्यालयले उपलब्ध गराउने नम्बर हो, जसको आधारमा सम्बन्धित व्यक्तिको नाममा कर कार्यालयमा फाईल तयार भएको हुन्छ । कटुवाल टिएफएन पनि महत्वपूर्ण ब्यक्तिगत विवरण भएकाले सधै सुरक्षित र गोप्य राख्न सुझाव दिन्छन् ।

एन आर एन अस्ट्रेलियाका पूर्व कोषाध्यक्ष एवं सि बि अकाउन्टेनसका निर्देशक एवं सि पि ए चुरामनी बेलवासे भन्छन् “कर फिर्ताले कम आम्दानी हुनेहरुलाई फाईदा नै हुन्छ । यो पनि एउटा बचत जस्तै हो ।

 

वर्षभरि कर कार्यालयलाई कर बुझायो, नयाँ आर्थिक वर्षको शुरुवातमा आम्दानी र खर्चको तालमेल हेरेर कर कार्यालयले कम कर तिरेको भए थप तिर्न लाउने र बढी तिरेको भए फिर्ता दिने गर्छ ।”

 

बेलवासेका आनुसार कोरोना भाइरसका कारण यो वर्ष ट्क्स रिटर्न गर्दा घर बाटै काम गर्नु भएको छ भने मार्च एक देखि जुन ३० सम्मको अवधिको प्रति घण्टा ८० सेन्ट दावी गर्न सकिन्छ ।

 

चुरामनी बेलवासेका आनुसार कोरोना भाइरसका कारण यो वर्ष ट्क्स रिटर्न गर्दा घर बाटै काम गर्नु भएको छ भने मार्च एक देखि जुन ३० सम्मको अवधिको प्रति घण्टा ८० सेन्ट दावी गर्न सकिन्छ ।

 

तपाइले प्रत्येक महिना तिन हजार डलर जब किपर पेमेन्ट पाउनु भएको छ भने पनि त्यसमा कर लाग्छ तर अर्ली एक्सेस सुपर भने कर फ्रि हो । कोरोना भाइरसको कारण आर्थिक रुपमा निकै संकटमा परेकाहरुलाई राहत स्वरुप कर कार्यालयले २० हजार सम्म सुपरएनुएसनमा छुट दिएको थियो ।

 

बेलवासे भन्छन्, “आर्थिक रुपमा संकटमा नपरेकाले झुटो बिवरण देखाएर अर्ली सुपर एक्सेस गरेको पाईएमा त्यस्ता अयोग्य ब्यक्तिले सुपर फिर्ता मात्र होइन जरिवाना पनि तिर्नु पर्छ ।”

 

अस्ट्रेलियाका हरेक राज्यको आयको मुख्य स्रोत भनेको कर नै हो । बिजनेस गाईडका प्रमुख एवं रजिस्टर टेक्स एजेन्ट धुर्व भण्डारी समाजिक सन्तुलनमा पनि कर फिर्ताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्छन । उनको भनाईमा आर्थिक वर्षको अन्त्य सम्ममा बढी आम्दानी हुनेसँग लिने र कम आम्दानी हुनेलाई सहुलियत दिने पनि कर फिर्ता दिनुको कारण हो ।

कोरोना भाइरसको कारण ब्यवसाय निरन्तर रुपमा संचालन गर्न क्यास फ्लोमा कुनै असर नपरोस भनेर सरकारले क्यास फ्लो बुस्ट स्किम ल्याएको छ । धुर्व भण्डारी भन्छन्, क्यास फ्लो बुस्ट अन्तरगत इनिसियल र एडिसनले दुबै किस्तामा साना तथा मझौला ब्यवसायिले कर तिर्नु पर्दैन ।

 

कोरोना भाइरसको कारण ब्यवसाय निरन्तर रुपमा संचालन गर्न क्यास फ्लोमा कुनै असर नपरोस भनेर सरकारले क्यास फ्लो बुस्ट स्किम ल्याएको छ ।

 

भण्डारी भन्छन्, क्यास फ्लो बुस्ट अन्तरगत इनिसियल र एडिसनले दुबै किस्तामा साना तथा मझौला ब्यवसायिले कर तिर्नु पर्दैन । भण्डारीका अनुसार ब्यवसायिले एक लाख पचास हजार सम्म मुल्य पर्ने कुनै यान्त्र, सवारीसाधन अन्य लागानि ब्यवसायमा गरेको खण्डमा इन्टेन्ट एसेट राइटअफ सहुतिल लिन सक्छन् ।

 

गलत परामर्शबाट जोगिन सुझाव

बजारको हल्लाको पछि लाग्दा ट्याक्स रिटर्नक लागि गलत परामर्शका कारण नेपाली विद्यार्थीहरु ठगिने गरेको बिज्ञहरु बताउछन् । भविष्यको लागि विचार नै नगरि मनपरि ढंगले कर फिर्ता गर्दा कारवाहीमा पर्न सकिने कुरालाई विर्सन नहुने गोवा कटुवालको सुझाव रहेको छ । प्रकृया मिलाएर आफै वा भरपर्दो ट्याक्स एजेण्ट मार्फत ट्याक्स फिर्ता गर्दा भविष्यमा हुने झंझटबाट बच्न सकिन्छ ।

चुरामणी बेलवासेका अनुसार कर कार्यालयलाई शंका लागेमा पाँच बर्ष भित्रको फाइल कुनै पनि बेला खोलेर लेखा परिक्षण गर्न सक्छ । अहिले थोरै रकमको लोभमा गरेको लापरवाहीले भबिष्यमा पिआरको निवेदन दिने समयमा समेत असर पर्ने भएकोले आधिकारीक टेक्स एजेण्ट मार्फतमात्र टेक्स रिफण्डको काम गर्न बेलवासे सुझाव दिन्छन् ।

अष्ट्रेलियन नागरिक कर तिर्नुलाई आफ्नो प्रतिष्ठा, जिम्मेवारी तथा गर्वको रुपमा लिन्छन् । आयकर गुड्स एण्ड सर्भिसेज ट्याक्स (जि एस टि) पछिको सबैभन्दा ठुलो राजस्वको स्रोत हो ।

तर करको साथसाथै क्यास इन ह्याण्डमा काम गर्ने नेपालीको संख्या पनि ठूलो रहेको छ । भण्डारी का अनुसार यो अष्ट्रेलियन कर सम्बन्धित कानुन बिपरित हो । कामको सिलसिलामा कुनै चोटपटक वा बिरामाी पर्दा यदि करमा काम गरेको छ भने कमादार क्षतिपुतिका लागि आवेदन दिन सकिन्छ । तर नगदमा काम गरेकाको कार्यस्थल सम्बन्धी सुरक्षा र बिमा ग्यारेन्टि नुहने धुर्व भण्डारी बताउछन् ।

 

यो पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/4343