MENU

कहिलेसम्म अस्ट्रेलिया आइपुग्लान विद्यार्थी ? यस्तो छ नेपालमै अड्केका विद्यार्थीको कथा

Chhatra Shankar
Editor at Nepalese Australian
Nepalese International Student at TAFE
सिड्नी स्थित एक टेफमा अध्यनरत नेपाली विद्यार्थीहरु (फाइल तस्विर)

सिड्नी । कोरोना भाइरसको महामारी नभएको भए झापा बिर्तामोडका शेखर उप्रेती यति बेला सिड्नी आईपुगेका हुने थिए । तर, उनको अस्ट्रेलिया आउने  सपना कोरोना भाइरसका कारण तत्काललाई टरेको छ । सिड्नीको एमआइटी कलेजमा अध्ययन गर्ने सोच बनाएका उप्रेतीको मार्च १७ मा पढाई शुरु हुँदै थियो । उनी भन्छन, “मार्च १८ मा आउने तरखरमा थिए तर के गर्नु आउन एक दिन मात्र ढिला भएकाले अहिले विर्तामोडमा मुड खराव बनाएर बस्नुपर्या छ ।”

छोरा छोरीकै भविश्यका लागि शेखरका बुवा कतारमा थिए । छोराको भिसा लाग्यो भनेर सुन्दा उनको मन फुरुङ् भएको थियो । छोरालाई  अस्ट्रेलिया पठाउन हुँदाखादाको जागीर छोडेर  नेपाल फर्किए ।  नत उनले छोरा शेखरलाई  अस्ट्रेलिया पठाउन पाए नत उनी  कतारै फर्किन पाए । नेपालमा पनि लकडाउनका कारण आम्दानी छैन । “कतार बुबालाई पठाउन जान मिल्दैन, अस्ट्रेलिया आएर पढाइमा लागेको खर्चमा बुवालाई सहोग गरौला भनेको थिए ।” उप्रेती भन्छन्

बस्न ऋण  छ, आउन जहाज छैन

शेखर भन्छन, ”एक बर्षको शुल्क १७ लाख तिरेको छु । त्यसको ब्याज मात्र महिनाको १५ हजार तिर्दैछु । आम्दानीको स्रोत केही पनि छैन । कलेजले अनलाईन कक्षा शुरु गर भन्छ अव मैले के गर्नै हो म आफै अन्यौलमा छु शेखर थप्छन; कलेजबाट शुल्क फिर्ता माग्ने या  अस्ट्रेलिया आउने कुनै विकल्प हुन्छ ।”

हुन त उनको भिसा २०२३ सम्म छ । यो बीचमा अन्र्तराष्ट्रिय उडान खुल्यो भने उनी अस्ट्रेलिया आउन पनि सक्छन । उनले कजेजबाट बाहिरिए भने उनको भिसा कन्डिसन के हुन्छ भन्ने बेरेमा अन्यौल ।

शैक्षिक परामर्शदाता के भन्छन ?

नेपालबाट सवै भन्दा बढी विद्यार्थीलाई  अस्ट्रेलिया आउन  परामर्शदिने सिड्नी स्थित एक्सपर्ट एजुकेशनका डाईरेक्टर  बद्री अर्यालसँग नेप्लिज अस्ट्रेलियनले  कुरा गरेको थियाे । शेखर जस्तै कोभिडका कारण अस्ट्रेलिया आउन नपाएका नेपाली विद्यार्थीहरुको समस्याको उपाय के हुन सक्छन ? उनको सुझाव यस्तो छ:

कोभिडले विश्वमा पारेको असरबारे सवैलाई थाहा छ । नेपालमा भिसा लागेका तथा भिसा कुरेर बसेका धेरै नेपाली विद्यार्थीहरु आउन पाइरहेका छैनन् । हामीले उनीहरुलाई यो नै गर्नुहोस भनेर सल्लाह त दिन मिल्दैन हरेक विद्यार्थीको आ आफ्नै समस्या छ । यदी कलेजबाट शुल्क फिर्ता गर्ने हो भने विद्यार्थी स्वयमले नै आफूलाई कोभिडका कारण आर्थिक मारमा परेको कुरा खुलाएर पत्रचार गर्न सक्छन ।  विद्यार्थीले आफूले अहिलेलाई कलेज नपढ्ने तथा पछि समय अनुकुल भएपछि सो बिषय पढ्ने प्रतिवद्धता जनाउने हो भने उनीहरुको भिसामा असर नपर्न सक्छन । तर, अहिलेलाई विद्यार्थीहरुले आर्थिक समस्यामा छौ भनेर कलेजहरुलाई ईमले मार्फत अनुरोध गर्ने हो भने अनलाईन कोर्षका लागि केही सहुलितय पनि गरिदिन सक्छन । यदी सिओई क्यान्सिल गर्ने हो भने पनि तुरुन्त क्यान्सिल हुँदैन ।

सिओई क्यान्सिल भएको ५६ दिन भित्रमा अर्को कलेजमा अप्लाइ गरिसक्नुपर्छ । तर, नेपालमा रहेका र भिसा आइसेका विद्यार्थीहरुले अहिलेको सेमेष्टर पढ्दिन अर्को सेमेष्टर पढ्छु भन्न पनि पाईन्छ ।

त्यति बेला सम्म अवस्था सुद्रियो भने अस्ट्रेलिया आउने बातावरण पनि मिल्छ । पढाई सकिनै लाग्दा नेपाल जानु भएको छ र त्यहाँ हुँदा हुँदै भिसा सकिन लागेको छ भने तपाईले पोस्ट इस्टडी वर्क भिसा एप्लाई गर्न मिल्छ ।

सिड्नी स्थित एई ग्लोबलका डाइरेक्टर कमल लामिछाने भन्छन: नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलियामा रहेका कलेजहरुले अनलाईन कोर्षको अफर गरे भने  स्वीकरर्ने अवस्था कमनै छ । हामीले पनि यहाँका कलेजहरुलाई भनिसकेका छौ । नेपाली विद्यार्थीहरु अनलाईन कोर्ष रुचाउदैनन । अनलाईन कोर्षका लागि कलेज तथा विश्वविद्यालयले शुल्क नै घटाउने सम्भावना चाही कम छ ।  तर विद्यार्थीहरुले कोभिडको कारण देखाएर कलेजलाई छात्रवृतिको लागि अनुरोध गर्ने  हो भने  १५ देखि २० छात्रावृति दिनसक्छन ।

 सिओई आएका तर भिसा नभएका विद्यार्थीहरुलाई कलेजले अनलाईन कोर्षको अफर गर्यो भने पढ्दा राम्रो नै हुन्छ । अस्ट्रेलियन कलेजको अनलाई कोर्षपनि गरेको छ भन्दा पछि भिसा लाग्ने सम्भावना बढी हुन्छ  । तर ग्यारेण्टनै चाही भन्न सकिन्न ।

कलेजलाई अनलाईन पढ्न सक्दिन अर्को सेमेष्टरमा मात्र पढ्छु भन्न पनि पाउछन । जसले गर्दा भिसामा असर पनि गर्दैन । हैन नेपामा ब्याज तिर्न सकिएन । सिओई पनि क्यासिल गर्छु भिसा पनि क्यान्सिल गर्छु र तनावमुक्त भएर बस्छु भन्ने विद्यार्थीहरुले त्यसका लागि आफ्नो कलेजमा निवेदन दिन सक्छन  अथवा आफ्नो शैक्षिक परामर्शदाताकोमा गएर प्रक्रिया बुझ्न् सक्छन । तर, सिओई क्यान्सिल गरि शुल्क रिफण्ड गर्दा चाही पुरै पैसा नआउन सक्छ । कलेजले प्रशासनिक खर्च भनेर २०-२५ प्रशित कटाएर ८० प्रतिशत फिर्ता हातलाग्न सक्छ ।  शुल्क फिर्ता लिए सिओई क्यान्सिल हुन्छ । यदी सिओई क्यान्सिल भयो भने भिषामा असर पर्छ । कलेजले सिओई क्यान्सिल भएको सूचना ईमेग्रेशनमा पठायो भने त्यो विद्यार्थीको भिषा क्यान्सिल पनि हुन्छ । यस्तो अवस्थामा विद्यार्थीहरुले आफ्नो ब्यवाहारिक पक्षहेरेर निर्णय लिनुपर्छ ।

समस्या सुनाउदै विद्यार्थी

काठमाडौंका मिनकुमार गुरुङले अस्ट्रेलियाको भिसा एप्लाई गरेको पाँच महिना पुगिसकेको छ । सिड्नीको हाबर्र कलेजमा आईटी पढ्ने सोच बनाएका  मिनकुमारको मन दुखेको छ । कोरोनाले गर्दा उनको भिसामा ढिलाई भएपछि उनको मन अस्ट्रेलिया तन नेपालमा भएको छ । उनी भन्छन, “भिसा त ढिला भयो ठिक्कै छ तर, एक बर्षको ११ लाख शुल्कको ब्याजको भारीले उठ्नै नसकिने भईयो ।” उनले भिसा एप्लाई गरेको १५ दिनपछि लकडाउन भइहाल्यो । “सिओईसी र भिसा प्रक्रिया बन्द गरेर बस्ने सोच बनाएको छु । खै म त के गर्नु पैसा रिफण्ड गरौ प्रतिशत काट्लाकी भन्ने डर भिसा कुरौ ब्याजले थेगि नसक्नुछ ।” गुरुङले गुनसाे सुनाए ।

पोखराका मनोज अधिकारीको पिडा पनि उस्तै छ । उनको पनि भिसा एप्लाइ गरेके चार पाँच महिना भयो अझै  आएको छैन । उनले सुझावका लागि सामाजिक संजालमा आफ्नो समस्या सार्वजनीक गरिसेका छन् । उनी भन्छन नेपालमै बसेर बिना भिसा वैंकलाई ब्याज तिर्नुभन्दा त सिओइनै क्यान्सिल गर्ने सेचमा छु ।

शैक्षिक परामर्श संघको सुझाव

शेखर , मनकुमार र मनोज जस्तै सयौ विद्यार्थीहरु इक्यानकै छाता अन्र्तगत रहेका शैक्षिक परामर्शदाता सस्थाहरुको पराशर्मले विदेशमा अध्ययन गर्ने प्रक्रिया अगाडी बढाएका हुन । कोभिडका कारण  विद्यार्थी अस्ट्रेलिया आउन नपाउने देखि लिएर भिसा ढिलाई भएको गुनानो प्रति ईक्यानका अध्यक्ष प्रकाश पाण्डे भने विद्यार्थीहरुलाई धर्यधारण गर्न आग्रह गर्छन । उनका अनुसार  १२ सय भन्दा बढी नेपाली विद्यार्थीहरु अहिले अस्ट्रेलिया जान नपाएर नेपालमै अड्कीएका छन ।

भिसा लागेका विद्यार्थीहरु १२ सय छन् भने भिसा नआएका र अफर लेटर मात्र आएका विद्यार्थीहरु समेत जोड्दा त नेपालमा अस्ट्रेलिया पढ्नका लागि तयारी अवस्थामा रहेका विद्यार्थीको संख्या ठूलो छ ।

ईक्यानका अध्यक्ष पाण्डे भन्छन,  “पढ्नै नपाई वैंकलाई ब्याज मात्र तिर्दै बसेका विद्यार्थीहरुलाई शैक्षिक कर्जामा सहुलियत दिन राष्ट्र बैंकलाई आग्रह गरेका छौ । समस्यामा परेका विद्यार्थीहरुलाई नैतिक रुपममा सहयोग गर्छौ  र कोभिडको मारमा परेका विद्यार्थीहरुलाई कलेजहरुले के कस्ता सुविधा दिईरहेका छन भन्ने वारेमा विद्यार्थीहरुलाई अपडेट गराई रहेका छौ । विद्यार्थीहरुले कलेजलाई आफ्नो समस्याका वारेमा कुरा राख्ने हो भने केही सुविधा पनि दिन सक्छन । त्यसैले यो महामारीको समयमा विद्यार्थीको सुनौलो भविश्य,  बर्तमानमा जोखिममा पार्नुहुँदैन भन्ने पक्षमा छौ ।”

सिड्नी स्थित ओभर्रसिज नेप्लिज स्टुडेण्ड युनियनका अध्यक्ष सम्राट ओली भन्छन, “टिआर भिसामा, उपचार गर्न नेपाल गएका विद्यार्थीहरुलाई जोड्ने हो भने १६ सय भन्दा बढी विद्यार्थीहरु नेपालमै छन ।  उनीहरुलाई अस्ट्रेलिया कुन माध्ययमबाट ल्याउन सकिन्छ भन्ने बारेमा  क्यानबेरा स्थित नेपाली दुतावास तथा काठमाडौं स्थित अस्ट्रेलियन दुताबासंग बारम्वार सम्बाद भइरहेको छ । अस्ट्रेलियामा कोरोना भाइरसको दोस्रो वेभ मात्र नभएको भए उनीहरुलाई चार्टर्ड बिमानवाट अस्ट्रेलिया ल्याउने सम्भावना पनि थियो । तर अहिलेलाई त्यो बिकल्प भने टरेको छ।”  सम्राटले भने ।

अस्ट्रेलिया आउन नपाएको पीडाका बाबजुत नेपालमा रहेका विद्यार्थीहरु यतिबेला आर्थिक र मानसिक तनावमा छन । त्यसैले उनीहरुलाई सहि सुझावको अवश्यकता छ ।