MENU

अस्ट्रेलियाको विद्यार्थी भिसामा पाँच परिवर्तन; सिमा खुलेपछि विद्यार्थीहरू आउन पाउने

सिड्नी । कोरोना भाइरसको कहरबाट माथि उठनै लाग्दा अस्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख गन्तव्यको रुपमा यतावत राख्न अस्ट्रेलियन सरकारले विद्यार्थी भिसामा सहजता सहित परिवर्तन गर्न लागेको छ ।

अस्ट्रेलियन सरकार तर्फबाट कार्यबाहक आप्रवास सम्बन्धि मन्त्री एलेन टड्ज र शिक्षा मन्त्री डेन ट्यनले संयुक्त रूपमा  साेमवार २० जुलाइमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि प्रमुख गन्तव्य कायम राखि राख्न विद्यार्थी भिसामा विभिन्न पाँचवटा परिवर्तन गर्ने भएको घाेषणा गरेका थिए ।

यस्ता छन् भिसामा हुने पाँच परिवर्तन

  • अस्ट्रेलियन सरकारले देश बाहिरका सबै स्थानबाट विद्यार्थीलाई भिसा दिने कार्य पुन सुरु गर्ने भएको छ ।  अन्तर्राष्ट्रिय सिमा खुल्ने वित्तिकै विद्यार्थीहरु अस्ट्रेलिया आउन पाउने भएका छन ।
  • अन्तर्राष्ट्रिय बिद्यार्थीले कोभिड १९ को कारण बर्तमान भिसा अवधि भित्र पढाइ पुरा गर्न नसकेको खण्डमा भिसा थप्न निः शुल्क भिसा आवेदन दिन पाउने छन् ।
  • भिसा लिएर पनि कोभिड-१९ का कारण अस्ट्रेलिया  बाहिरबाटै अनलाईन मार्फत आफ्नो पढाई गरिरहेका विद्यार्थीहरुले सो पढाईको अवधीलाई पढाई पछिको कामको भिसाका लागि उपयोग गर्न पाउनेछन् ।
  • ग्राजुएट गरिससकेका तर अस्ट्रेलियाको विद्यार्थी भिसा लिएर पनि कोभिड-१९ कारण अस्ट्रेलिया आउन नपाएकाहरुले  पढाई पछिको कामका लागि भिसाको आवेदन दिन सक्नेछन् ।
  • कोभिड-१९ कारण अंग्रेजी भाषा परिक्षाको परिणाम प्रभावित भएकाहरूको लागि अतिरिक्त समय दिने निर्णय समेत गरिएको छ ।

अध्यागमन, नागरिकता, वसाई सराई सेवा तथा बहुसांस्कृतिक मामिला हेर्ने कार्यवाहक मन्त्री एलान टड्जले यी परिवर्तनहरूले कोभिड-१९ कारण अस्ट्रेलियामा रहेका तथा वाहिर रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई विश्वस्त तुल्याउने बीचार व्यक्त गरेका छन् ।

अस्ट्रेलियाको अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुले मुख्य भूमिका खेल्ने गरेको छ अन्तर्राष्ट्रिय विद्यार्थीबट मात्र अस्ट्रेलियाको अर्थतन्त्रमा बार्षिक ४० विलियन डलर जम्मा हुने तथा २ लाख ५० हजार जति रोजगारी सृजना हुने गरेको छ ।  कोरोना भाइरसको प्रकोपलाई न्यूनिकरण गर्न सिमा क्षेत्र बन्द गर्ने योजना सफल भएपनि यसले शिक्षा क्षेत्र तथा विद्यार्थीहरुका लागि चूनौती थपेकाे छ ।

कोभिड १९ कारण नेपालमा १२ सय भन्दा बढी विद्यार्थीहरु अस्ट्रेलिया आउने पखाईमा रहेका छन  भने कतिपय विद्यार्थीहरु महिनौ सम्म भिसा कुरेर बसिरहेका छन ।

यस अघि हामीले नेपालमा अड्कीएका नेपाली बिद्यार्थीहरूकाे समस्याकाे बारेमा रिपाेर्ट तयार पारेका थियाैं ।

कहिलेसम्म अस्ट्रेलिया आइपुग्लान विद्यार्थी ? यस्तो छ नेपालमै अड्केका विद्यार्थीको कथा

Disclaimer: This content is for general information purposes only, and should not be used as a substitute for consultation with professional advisors.