MENU

भिक्टोरियामा तीन सय डलरकाे काेभिड परीक्षण आईसोलेसन भुक्तानी कसरी लिने ?

के म ३०० डलर कोरोना भाइरस (कोभिड—१९) परिक्षण आइसोलेसन भुक्तानीका लागि योग्य छु ?

३०० डलर कोरोना भाइरस (कोभिड—१९) परिक्षण आइसोलेसन भुक्तानीका लागि योग्य हुन तपाई
१) १७ वर्ष वा सो भन्दा माथिको हुनुपर्ने
२) कोरोना भाइरस (कोभिड—१९) परिक्षण गरिएको व्यक्ति वा परिक्षण गरिएका व्यक्तिको अभिभावक वा संरक्षक हुनुपर्ने
३) भिक्टोरियामा बसोबास गरिरहेको
४) सेल्फ आइसोलेसनको क्रममा काम गरेको तर निम्न कारणले काम गर्न असमर्थ रहेको
परिक्षण पछि आफूलाई सेल्फ आइसोलेन गर्नुपरेको
सेल्फ आइसोलेसनमा बस्नुपर्ने व्यक्तिको हेरचाहका लागि आफूपनि आइसोलेसनमा बस्नुपर्ने व्यक्ति
५) सेल्फ आइसोलेसनमा रहेको समयमा आम्दानी नगरेको तथा ज्याला नलिएको
६) थकाईका कारण विरामी भएको अथवा हेरचाह गर्ने व्यक्तिले महामारीको विशेष कारण अथवा आधिकारीक विदामा बसेको अवस्था
७) अस्टे«लियन सरकारले प्रदान गर्ने आम्दानीको सहयोग प्राप्त नगरेको जस्तै रोजगारी खोजीरहेको समयको भुक्तानी अथवा रोजगारदाता भुक्तानीको अधिनमा रहेको कर्मचारी

भुक्तानी लिनका लागि तपाईले जुलाई २३ मा वा सोभन्दा पछि (कोभिड—१९) परिक्षण गराएको हुनुपर्ने साथै निम्न कुराहरु दिनुपर्नेः

परिचयपत्रको कपी (जस्तै भिक्टोरियाको सवारीचालक लाईसेन्स, भिक्टोरियाको जेष्ठ नागरिकको कार्ड, भिक्टोरियाको उमेर खुलेको परिचयपत्र अथवा पासपोर्ट)
काम गर्ने अधिकारसहितको भिसाधारी भए भिसा इनटाइटलमेन्ट भेरीफिकेसन अनलाईन (भिइभिओ) कागजात (पिएनजी, जेपिजी अथवा पिडिएफ फर्मेटमा)
रोजगारमा रहेको प्रमाण (जस्तै भुक्तानीको कागजात, रोजगारपत्र अथवा अफर लेटर) वा स्वयं रोजगार भए (प्रमाणित अस्ट्रेलिया विजनेस नम्बर)

भुक्तानी प्राप्त गर्न, तपाईले कोरोना भाइरस (कोभिड—१९) परिक्षण परीक्षा परिणामका लागि पर्खंदै गर्दा स्वास्थ्य र मानव सेवा विभागको सेल्फ आइसोलेसनको निर्देशिका पालना गर्ने कुरामा सहमत हुनुपर्दछ ।
यदि तपाईले आफ्नो नतिजाहरूको पर्खाइका क्रममा आफूलाई सेल्फ आइसोलेसनमा बस्नु भएन भने तपाँईले पैसा फिर्ता गर्नुपर्नेछ । यदि तपाईंले आफ्नो दावीमा गलत वा भ्रामक जानकारी प्रदान गर्नुभयो भने पनि तपाईंले पैसा फिर्ता गर्नुपर्नेछ ।

के कसैले मेरो तर्फबाट भुक्तानी दाबी गर्न सक्छ ?

गर्न सक्नुहुन्न, केवल व्यक्तिगत आवेदकहरूले मात्र यसका लागि आवेदन दिन सक्छन् । तेस्रो पक्ष मार्फत आवेदनहरू स्वीकार गरिने छैन । यदि तपाईं १७ बर्षको हुनुहुन्छ र स्वतन्त्र रुपमा बस्नु हुन्न भने, तपाईंले अभिभावकको सहमतिपत्र बुझाउनुपर्नेछ ।

भुक्तानी प्राप्त गर्न कति समय लाग्नेछ ?

भुक्तानी योग्य आवेदकहरूलाई पाँच दिन भित्र भुक्तानी गरिनेछ ।

यदि मैले धेरै पटक परीक्षण गराउनुपर्ने भयो भने मैले पटक पटक भुक्तानी प्राप्त गर्न सक्छु ?

जबसम्म स्वास्थ्य र मानव सेवा विभागले तपाईलाई परिक्षण गराउन निर्देशन दिदैन, तपाईले ३० दिनको अवधिमा केवल एकपटक ३०० डलर कोरोना भाइरस (कोभिड—१९) परिक्षण आइसोलेसन भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ।

के सेल्फ आइसोलेसनमा बस्नलाई मेरो रोजगारदाताले मलाई कामबाट छुट्टि लिनका लागि अनुमति दिन आवश्यक छ ?

यदि कर्मचारीहरु असस्वस्थ छन भने उनीहरु काममा जानु हुदैन र रोजगारदाताले यो सुनिश्चित गर्नुपर्दछ कि मजदुरमा कोरोना भाइरस (कोभिड—१९) लक्षण देखिए उनीहरुको जाँच गरीयोस र घरमा बसोस ।
यदी कर्मचारीहरु अस्वस्थ छन वा कोरोना भाइरस (कोभिड—१९) पोजिटिभ छन भने रोजगारदाताले उनीहरुलाई सेल्फ आइसोलेसनमा बस्न सहयोग गर्नपर्छ । यसले अन्य कर्मचारीहरुलाई सुरक्षित राख्छ र समुदायमा प्रकोप फैलनबाट रोक्न मद्दत गर्दछ ।
रोजगारदाताहरूले सल्लाह र सम्भावित कर्मचारीको सहयोगका लागि विजनेश भिक्टोरियालाई सम्पर्क गर्न सक्छन वा अथवा विजनेश भिक्टोरियालाई रोजगार योजनाको लागि सिफारिश गर्न सक्दछ ।

के म दुबै  तीन सय  डलर कोरोना भाइरस (कोभिड—१९) परिक्षण आइसोलेसन भुक्तानी र १५०० डलर श्रमिक समर्थन भुक्तानी प्राप्त गर्न सक्छु ?
सक्नु हुन्छ, यदि स्वास्थ्य र मानव सेवा विभागले तपाईंलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सेल्फ आइसोलेसन वा घरमा क्वारेन्टाइनमा बस्न निर्देशन दियो अथवा तपाई संक्रमितको संम्पर्कमा आउनुभएको छ ।

मैले अन्तर्राष्ट्रिय विद्यार्थी आपातकालीन राहत कोषबाट भुक्तानी प्राप्त गरे । के म तीन सय  डलर (कोभिड—१९) परिक्षण आइसोलेसन भुक्तानीको लागि योग्य हुन्छु ?
हो, तपाईं दुबै भुक्तानी प्राप्त गर्न योग्य हुन सक्नुहुन्छ ।

थप जानकारीका लागि याे   लिंकमा जानुहाेस