MENU

भिक्टोरियाकाे नेपाली समुदायमा कसरी फैलियाे कोराेना भाइरस

Nepalese Australian
मेलबर्नको फ्लेमिङ्टन क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र प्रहरी Source: Facebook /Parsuram Sharma-Luital JP

मेलबर्न । अस्ट्रेलियाको दोस्रो ठूलो राज्य भिक्टोरिया, यतिवेला कोभिड- १९ संक्रमणको उच्च जोखिमा छ । शहर दिनदहाडै सुनसान छ भने राती कप्र्यु लगाईएको छ । ब्यापार ब्यवसाय ठप्प छन् । सडकमा सेना र पुलिस ओर्लिएका छन । मानिसहरुलाई आफै घरवबाट वाहिर निस्कन पनि त्राही त्राही बनेको छ ।

२ लाख ५० हजार भन्दा बढी रोजगारी अस्थायी रुपमा खोसिएको छ भने मेलबर्नका सवै क्षेत्र प्रभावित भएका छन् । कोभिड- १९ ले अन्तराष्ट्रिय विद्यार्थी, अस्थाई भिसा भएका बासिन्दा र समग्र बहुसाँस्कृतिक समुदायलाई बढी प्रभवित बनाएको छ ।

सामूहीक बसाईले संक्रमणको जोखिम

अध्ययनको लागि अस्ट्रेलियामा आएका नेपाली विद्यार्थीहरु खर्च कम काम बढी गरेर कलेजको शुल्क र दैनिक गुजारा गर्दै आएका छन । अस्ट्रेलियामा सवैभन्दा बढी खर्च भनेको बसाईमा हुन्छ । त्यही बसाईलाई कम खर्चिलो बनाउन विद्यार्थीहरुले दुई देखि चार बेड रुमको युनिट लिएर चार जना देखि आठ जना एउटै युनिटमा बस्ने गर्दछन ।

अधिकाशं नेपाली विद्यार्थीको बसाईको, वाध्यत हो अस्ट्रेलियामा। कोभिड- १९ अघि त यस्तो बसाई ठीकै थियो । खर्च कम पढाई शुल्क सहज । तर, कोभिड संक्रमण बढेपछि संयुक्त बसाईले संक्रमणको जोखिम निम्त्याएको छ ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे भन्छन्, “भिक्टोरियामा विद्यार्थीको सामूहीक बसाईले संक्रमणको जोखिम बढेको छ । तर, हामीहरुले एउटै युनिटमा बसेका मध्ये कसैलाई कोभिड पोजेटिभ देखियो भने बाँकीलाई कसरी सुरक्षित राख्ने र संक्रमितलाई कहाँ राख्ने भन्ने बारेमा सम्बन्धित निकायसँग समन्वयन गरिरहेका छौ र उनीहरुलाई चाहिने दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराई रहेका छौ ।”

Tara Gaire, NAV President
नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे Source: Facebook /Tara Gaire

संक्रमणको मारमा हेल्थ केयर वर्कर

अस्ट्रेलियामै दोस्रो बढी नेपालीको बसोवास रहेको शहर मेलर्बनमा कोभिड- १९ संक्रमणले त्यहाँको नेपाली समूदाय त्रसित छ । धेरै नेपाली विद्यार्थीहरु एज केयरमा काम गर्ने भएका कारणले पनि उनीहरु जोखिममा परेका छन् ।

कोभिड संक्रण एज केयर भित्र छिरिसकेको छ । अन्य हेल्थ सस्थाहरुमा काम गर्ने नेपालीहरु पनि धेरै छन् । पछिल्लो समय सक्रमित भएका नेपाली मध्ये अधिकाशं एज केयर, एजुकेसन कल्सल्टेन्सी र डेन्टल हेल्थमा काम गर्ने रहेका छन् ।

संक्रमितको ट्रयाकिङ्ग हिस्ट्री

श्रीमतीलाई कोभिड- १९ पोजेटिभ देखिए पनि श्रीमान र बच्चाको कोभिड परीक्षण भने नेगेटिभ देखिएको छ । एउटा टाउन हाउसमा आठ जना विद्यार्थीहरु बस्ने गरेकोमा एक जनालई पोजेटिभ देखिए पछि सो घरमा बस्ने सवै संक्रमित भएका थिए ।

त्यस्तै गरी एक संक्रमितका अनुशार उनलाई कुनै रुघाखोकीको लक्षण नभएको तर गन्ध थाहा नपाएपछि कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

छ जना बस्ने एक युनिटमा पाँच जानामा पोजेटिभ देखिए पनि एक जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

चार जना बस्ने युनिटमा श्रीमान श्रीमतिलाई पोजेटिभ देखिए पनि अन्य दुई जनालाई भने नेगेटिभ देखिएको थियो ।

श्रीमान श्रीमतिलाई पोजेटिभ देखिएपनि बच्चालाई भने नेगेटिभ देखिएको थियो ।

कोभिड- १९ पोजेटिभ देखिएका ३० जना नेपाली भिक्टोरियाको नेपाली समुदायिक संस्थाहरुको सम्पर्कमा आएपनि बाँकीले खुलेर भन्न चाहेका छैनन ।

याे पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/4932

https://nepaleseaustralian.com.au/archives/4921