अस्ट्रेलिया प्रवेश गर्न कोभिड विरुद्धको खोप लगाउन नपर्ने

अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रावधान अन्त्य गरिएको घोषणा गरेको छ। अस्ट्रेलियन गृहमामिलामन्त्री क्लार ओनेल र स्वास्थ्यमन्त्री मार्क बटलरले आइतबार उक्त जानकारी दिएका हुन्।