ब्याजदर बृद्दीको निर्णयले अस्ट्रेलियालीहरुलाई आर्थिक भार थपिने

रिजर्भ बैङ्कको ब्याजदरमा ०.५ प्रतिशत वृद्धि गर्ने निर्णयले मोर्गेज तिरिरहेकाहरुले थप आर्थिक भारको सामना गर्नु पर्ने भएको छ। रिजर्भ बैङ्कले ब्याजदर (interest rates) मा पुन: वृद्धि गर्ने निर्णय गरेसँगै मोर्गेज तिरिरहेका अस्ट्रेलियालीहरुलाई आर्थिक भार थपिने भएको छ।