MENU

अंग्रेजी गैर-आख्यान रचनालाई १५०० अमेरिकी डलरको ‘साइनिङ पेन राइटर अवार्ड’

Shining Pens writer award

अस्ट्रेलिया र क्यानाडाका लेखपढमा उत्साह र रुचि भएका नेपाली युवाहरुले अंग्रेजी भाषामा ब्लग र लेख सेयर गर्ने साइट ShiningPens.com स्थापना गरेर लेखकहरुलाई प्रोत्साहन गर्न अमेरिकी डलर १५०० को ‘शाइनिङ पेन राइटर अवार्ड’स्थापना गरेका छन्।

संसारभरिबाट अंग्रेजी भाषामा जुनसुकै विषय र क्षेत्रका बारेमा लेखिने गैर-आख्यान लेख रचनाहरु मध्येबाट तोकिएको मूल्याङ्कन प्रणालीबाट सर्वोत्कृष्ट अंक ल्याउने एकजना लेखक वा ब्लगरलाई यो पुरस्कार प्रदान गरिने साइनिङ पेनले जनाएको छ ।

१५०० सय अमेरिकी डलर बराबर हुन आउने पुरस्कारको राशी पुरस्कार जित्ने लेखक जुन देशको हो त्यही देशको मुद्रामा वा उसले चाहेको मुद्रामा पुरस्कार प्रदान गरिने दिनको ‘मनि ट्रान्सफर’ विनिमय दरअनुसार प्रदान गरिने छ।

साइनिङ पेन राइटर अवार्डको ‘क्यालेन्डर इयर’ जुलाई १ देखि – जुन ३० सम्मको हुनेछ। यस अवधिमा साइनिङ पेनमा छापिएका लेखहरुमध्येबाट कुनै लेखले पाएको सर्वाधिक ‘लाइक’ ‘कमेन्ट’ र ‘सेयरको आधारमा प्राप्त हुने तोकिएको अंक र लेखकले साइनिङ पेनमा छापेका प्रत्येक एक लेखबापत पाउने १०० अंक दुवै जोडेर हुन आउने सर्वाधिक उच्च अंक पाउने लेख र त्यसका लेखकलाई उक्त नगद पुरस्कार प्रदान गरिने साइनिङ पेनका सम्पादकीय मण्डलका एक सदस्य यम घिमिरेले नेपलीजअष्ट्रेलियानलाई बताए।

तोकिएको मापदण्डअनुसार वर्षभरिमा सर्वाधिक अङ्क ल्याउने लेख र लेखकको गणना अभिलेख साइनिङ पेन सफ्टवेयरले नै स्वचालित ढंगले गरेर तथ्याङ्क उपलब्ध गराउने यसका सफ्टवेयर बिकासकर्ता धनु सुनारले बताए।
बिस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस – https://shiningpens.com/award/