अस्ट्रेलियामा नेपाली फुटबलको बिकासका बिषयमा समुदायका सदस्यहरुबीच अन्तरक्रिया

अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन (एन्फा)को नव निर्वाचित कार्यसमितिले भाबि कार्ययोजनाको बारेमा नेपाली समुदायका सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । २६ नोभेम्बर शुक्रबार बरुडमा रहेको मेट्रो पोलिटायन इस्न्टिच्युट अफ टेक्नोलोजीमा भएको मिट एण्ड ग्रिटमा एन्फाका नवनिर्वाचित पदाधिकारीहरुलाई परिचय गराइएको थियो ।